सैघाली खबर,
काठमाडौं १ चैत, । न्यायपरिषद्बाट बुधबार पदमुक्त प्रधानन्यायाधीशु गोपालप्रसाद पराजुलीले बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका छन्। राजीनामा दिनुअघि पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत भेटेर न्यायालयको विवाद मिलाउन आफूले सुरक्षित अवतरणको बाटो रोजेको बताएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।
शीतलनिवासमा राष्ट्रपतिलाई शपथ खुवाउन पुगेका पराजुलीलाई अवकाश भएको भन्दै न्यायपरिषद्का सचिव नृपध्वज निरौलाद्वारा हस्ताक्षरित पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयलगायतलाई बोधार्थ दिएर सार्वजनिक गरिएको थियो।
आफूलाई सचिवले हटाउन नसक्ने भन्दै प्रधानन्यायाधीश पराजुलीले असन्तुष्टि जनाउँदै आएका छन्। सर्वोच्च अदालतले भने बिहीबार उनको नाम हटाएर वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कायममुकायम प्रधानन्यायाधीश तोकेको छ। बिहीबारको पेशी जाशीले नै तोकेका छन्।thahakhaber
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।