यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्जमा घटेको काण्ड(भिडियो सहित)



महेन्द्र सिंह, ५ नंबर प्रदेश९बाँके० । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्जका कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अनुसन्धान गरेर २०७४ असार १९ गते आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र समेत दायर गरिसकेको अवस्था छ ।

तत्कालिन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतहरु सीताराम खनाल, डेकराज पोखरेल, विष्णु सहानी, धुव्रप्रसाद देवकोटा, मेकानिकल इन्जिनियर अर्जुनकुमार चौधरी, नायब सुब्बाहरु ललितबहादुर वली, केशवराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुणकुमार गैतम, डिलाराम खरेल, ओमबहादुर बस्नेत, गणेशमान आचार्य, पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक बिमलकुमार उपाध्याय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक दिपेन्द्रबहादुर सिंह विरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको थियो ।

अख्तियारले छापा मारेर यातायातका तत्कालिन केही बाहेक सबै कर्मचारीको मिलोमतोमा दलाल मार्फत गरिएको कामको अनुसन्धान गरि यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्जमा ठूलो करोडौँको चलखेल भएको भेटिएको थियोे । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्जमा अब भ्रष्टाचार कम हुन्छकी भन्ने सोँच धेरैमा थियो तर त्यो एउटा भ्रम मात्र रहेको पुष्टि भयो । आज ओएस नेपाल डट कमले प्रत्यक्ष प्रशारण गरेपछी त्यहाँका धेरै कमिकमजोरीहरु उजागर भए ।

ओएस नेपालले गरेको प्रत्यक्ष प्रशारणबाट त्यहाँका कर्मचारी आक्रोशित भैसकेको हाम्रो टिमले बुझिसकेको थियो । ओएस नेपालको टिम लगायत अरु केही पत्रकार गएर यातायातको काम(कामकारबाही के कस्तो छ भनी अनुसन्धान गर्दा धेरै कमिकमजोरी भेटियो । महेन्द्र नगर धनगढीबाट आएका एक जना सेवाग्राहीले सिधै भने २ दिन लाइन लागियो काम भएन तर दलाललाई केही रकम दिएको एक घण्टामा काम भयो ।

यस्तो गुनासो धेरैको सुनियो । तत्पश्चात ओएस नेपालले प्रत्यक्ष प्रशारण गर्यो आफ्नो आधिकारिक फेसबुक पेजमा । जनताको आक्रोश धेरै सुनिसकेपछी त्यहिँबाट प्रत्यक्ष प्रशारण बन्द गरेर फर्कँदा ट्याक्टर व्यवसायीहरुको २० जना जतिको झुण्ड गुण्डाहरुको दलबल सहित आएका रहेछन ।

ट्याक्टर व्यवसायिका अध्यक्षले कर्मचारी बाहेक प्रबेश निधेश लेखेको ढोका ढकढकाउँदै थिए हातमा नोटको बन्डल देखेर हामिले उनलाई तपाईं यहाँको कर्मचारी हो भनेर सोध्यौँ रुउनले भने म ट्याक्टर व्यवसायी संघको अध्यक्ष हुँ । हामिले भनेउँ सबै सर्वसाधारण लाइनमा बसेर काम गराइरहेका छन तँपाइपनी लाइनमा बसेर आफ्नो काम गराउनुस । यत्ती भनेपछी ट्याक्टर व्यवसायिका अध्यक्षसंग आएका गुन्डा मोबाइल खोस्न प्रयास गर्दै थिए, त्यहाँं घण्टौँ लाइनमा बसेका सर्वसाधारण ओएस नेपालको पक्ष लिँदै उहाँ सन्दिप योगी पत्रकारकै कारण एउटै साखाबाट भैरहेको काम आर्को साखाबाटपनी भयो ।

उहँले हामीहरुको पक्षमा बोल्दा तँपाइहरु दादागिरी गर्ने भनेर आक्रोशित भैहाले । त्यहाँ ट्याक्टर व्यवसायी र लाइनमा बसेका सर्वसाधारण बिच झडपको स्थिती पैदा भयो । लाइनमा बसेकालेपनी भन्न लागे तपाईं सुटुक्क गएर काम गराउने हो भने हामिलाईपनी त्यही अधिकार दिनुपर्यो भन्दै झडपको स्थिती आइपुग्यो र नगद रकम हातमा राखेका ट्याक्टर व्यवसायीका अध्यक्षलाई लाइनमा लागेर काम गराउन आग्रह गरियो ।

ओएस नेपालको टिमका संयोजक सन्दिप योगीले सबै जनता घण्टौँ लाईनमा लागेका छन । नियम सबैलाई बराबर लागुहुनुपर्छ त्यसैले तँपाइहरुपनी लाइन बसेर काम गर्नुस भनेर यति के भनेको पत्रकार भन्दैमा दादागिरी गर्ने भन्दै उफ्रिएका मात्र के थिए, यातायातमा खडदार पदमा बसेका मुकुन्द केसी जस्ले मोटर ड्राइभिङ सेन्टरका सञ्चालकसंग सेटिङ मिलाएर ट्राएलमा फेल भएपनी पास गराउने गिरोहको बिच सेटिङ मिलाउने दलाली काम गर्छन भन्ने दाबी विश्वस्त स्रोतले फोन मार्फत दिएको थियो उनैले सबैलाई भोलि सबैको काम हुन्छ जानुस भनेर पठाए, हामिलेपनी त्यही भन्यौँ झडप हुने सम्भावना देखेर । सर्वसाधारणलाई घण्टौ लाइन लाग्नुपर्ने तर ट्याक्टर व्यवसायीले सुटुक्क भित्र निजामती कर्मचारी बसेको ठाउँमा पैसाको बिटो लिएर छिर्दा कसैलाई काखा कसैलाई पाखा गर्न नहुने भन्दै लाइन लागेका सेवाग्राहि र टेक्टर ब्यबसायी बिच भनाभन भयो ।

विश्वस्त स्रोतका अनुसार मुकुन्द केसी नाम गरेका खडदारलेनै सबै सेटिङ मिलाएर प्रत्यक ट्राएलमा फेललाई पास गराउने काम गर्ने गर्छन । झडपको स्थिति निम्तिन सक्ने भएकोले योगीले सेवाग्राहीहरुलाई सम्झाइ बुझाई गरेर शान्त गरेर पठाउनु भयो । सेवाग्राही सबैको काम भोलि छिट्टै गर्ने भन्दै कर्मचारीहरुलेपनी भनेपछी सबै सेवाग्राही फर्किए ।

उनिहरुले त्यही चाहेका रहेछन । त्यहाँका खडदार मुकुन्द केसीले यहि मौकामा गुण्डाहरु करीब १५ जना व्यवसायिहरु करीब ५ जनाको अगाडि त्यो समुहलाई सर्वसाधारण जनताको कोटिमा राख्दै पत्रकारले दादागिरी गरेको भन्दै भिडियो खिच्न लागे र त्यहाँका ती व्यवसायिहरुलाई सर्वसाधारण जनताको कोटिमा राखेर जनताले पत्रकारले दादागिरी गर्यो भन्दै बोल्न पठाए तर उनलाई एउटा कुरा के थाहा थिएन भने हाम्रो टिमले, हाम्रो गोप्य क्यामेराले त्यो सबै गतिविधि रेकर्ड गरिरहेको थियो जुन हामिले केही दिनमा सार्वजनिक गर्नेछौँ । धम्किको शैलिमा भिडियो डिलिट गरे आफुलेनी भिडियो डिलिट गर्ने नत्र सबै पत्रकार चिनेको छु तँपाइकै बिरुद्दमा छाप्न लगाउँछु भने जुन हामिसंग प्रमाण सुरक्षीत छ । ट्याक्टर व्यवसायीका अध्यक्षका अनुसार घुस नभएर जरिवाना तिर्न गएको भनेर हामिलाई स्पष्टीकरण दिए । तर त्यहाँ स्थित जनताहरुको भनाई अनुसार यदि जरीवाना राजस्व कुनैपनी काम हो भने हामी जस्तै लाईन लाग्नुस नत्र तँपाइको कारणले बन्द कोठा भित्र तँपाइको काम हुने अनि त्यसको प्रत्यक्ष असर हामिलाई पर्ने भएकोले यात बन्द कोठामा सबैलाई जान दिनु पर्यो होइन भने लाइन लागेर काम गर्नुपर्यो भन्ने कुरा ३(४ घण्टा लाईन लागेका सेवाग्राहीले भनेपछी बिबाद उत्कर्शमा पुगेको थियो ।

२०७३ साल कार्तिक ५,६,७ र ८ गते भएको लिखित परीक्षामा १२,६३१ परीक्षार्थी सहभागी थिए । जसमा यातायात कार्यालयले ९,४०९ जना उत्तिर्ण गराई नतिजा प्रकाशन गरेको थियो । सो मध्ये ४६५ जना परीक्षार्थीहरू प्रयोगात्मक परीक्षामा समेत उत्तिर्ण गराइएको थियो ।
आर्थिक चलखेल गरी उत्तीर्ण गराएको उजुरी आएपछि चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षाको उत्तरपुस्तिकामा प्रदान गरिएको अंकको सम्बन्धमा अख्तियारले अनुसन्धान गर्दा ९० जना परीक्षार्थी अनुतीर्ण र ३३ जनाको उत्तरपुस्तिका नै परीक्षण नगरी उत्तीर्ण गराइएको भेटिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम सजायका लागि माग दाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिसकेको छ । लाइसेन्स वितरणमा करौडौंको चलखेल भएको आरोप लगाइएको छ । यस्मा सबै मिलोमतो गर्ने मुकुन्द केसी नामका यातायातको कर्मचारीको भुमिका हुने भएको त्यहि कार्यालयका एक कर्मचारीले बताए । प्रमाण समेत आफुसंग रहेको तर नाम नआउनेगरी र आफ्नो सुरक्षाको प्रत्याभुती भए सबै प्रमाण दिने बताए जुन हामिलाई प्राप्तपनी भयो ।

यी प्रमाणहरु हामी सार्वजनिक गर्दै जानेछौँ । यता समाचार आए आन्दोलन गर्ने भन्दै चेतावनी दिएका ट्याक्टर व्यवसायी संघका अध्यक्षले नेपालगन्जका केही पत्रकारको नाम समेत दुरुपयोग गर्दै आफुले चिनेको र ठेगान लगाइदिने घुमाउरो धम्की दिए । पत्रकारको काम जे हो त्यही गरिएको हो, मिलेर अगाडि बढ्नुपर्छ भन्ने घुमाउरो कुरा समेत गरिएको अवस्थामा ओएस नेपालको टिमले भिडियो डिलिट कुनैपनी हालतमा नगर्ने, भिडियो सर्भरमा गैसक्यो ।

मेरो मोबाइल खोसेर डिलिट गर्नुहुन्छ भनेपनी डाटाबेसमा हाम्रो भिडियो सुरक्षित छ भनेपक्षी गुण्डाहरुले घेरेर राखेको अवस्थामा प्रहरीलाई फोन गरि बोलाएर ओएस नेपालको टिम रेस्क्यु भएको थियो । दलाली, चाकडिबाजी र भ्रष्टाचार बिरुद्द ओएस नेपाल सँधै अगाडि बढ्नेनै छ र बढिसकेको अवस्था छ । पत्रकारमाथी दुर्ववहारको भिडियो हामिसंग त छ नै सुचनाको हक अनुसार घटनाको समयको सिसिटिभी फुटेज समेत मागी अँजै अनुसन्धान गर्ने निर्णय ओएस नेपालको केन्द्रिय कार्यालयले गरेर ५ नंबर प्रदेश ब्यूरोलाई निर्देशन दिएको छ ।osnepal

 

https://m.facebook.com/story.php?story_fbid=1930065973679752&id=263723310314035

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्