निता आचार्यको “भाग्य मेरो” सार्वजनिक 



भनिन्छ तन जहाँ भए पनी मन भने सदैव आफ्नै जन्मभूमि मै हुन्छ । जीवनलाई कर्मशील बनाउनका लागि आफ्नो देश छाडेर विदेशीनु परे पनि नेपाली कला संस्कृतिलाई भुल्न निकै गाह्रो हुन्छ ।  विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीत सङ्गीतलाई अत्यन्तै माया गर्ने नेपाली चेली हुन पोखरामा जन्मिएकी निता आचार्य । सानै उमेरदेखि गायनमा रुचि भएकी निता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन ।

स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथिहरुलाई सुनाए पछि उनको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाउन र गाउन थालिन् । गायन सिक्ने र एउटा राम्रो गायिका बनेर आफूलाई चिनाउने इच्छा भएकी निता विविध  परिस्थितिले कक्षा दश अर्थात् एस.एल.सी. पूरा गर्न साथै अमेरिका जानु पर्‍यो । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै अमेरिका गएर पनि नेपाली सङ्घ संस्थाहरूले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा गीत गाउन थालिन्  । उनले अमेरिकामै रहेर एक जना भारतीय गुरु सँग शास्त्रीय सङ्गीत सिक्ने अवसर पनि पाइन् र आफ्नो गायन कौशललाई अझै निखार्ने अवसर प्राप्त गरिन् । 

यति बेला यिनै निताले आफ्नै आवाजमा रेकर्डिङ गरेर  “भाग्य  मेरो” बोलको गीत बजारमा ल्याएकी छिन ।  टीका कुमार पुनको शब्द, बि.बि अनुरागीको सङ्गीत र निता आचार्यको आवाजमा रहेको “भाग्य मेरो” बोलको गीत आफ्नै युट्युब च्यानल नेपाली निता ( Nepali Nita) मार्फत सार्वजनिक गरिएको छ ।  मिराज अर्यालको सम्पादन तथा छायाङ्कन मा रिमा प्रोडक्सनद्वारा तयार पारिएको यो गीतको भिडियो लाई Nepali Nita नामक युट्युब च्यानल मार्फत हेरेर माया गरिदिने सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै आफूलाई सल्लाह सुझाव र हौसला प्रदान गर्न  गायिका निता आचार्यले सम्पूर्ण दर्शकहरू सँग अनुरोध गरेकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्