सहमतिमा भएको सम्बन्धलाइ बला’त्कार भनी मुद्दा हाल्ने किशोरीलाई ३ बर्ष जेल



जिल्ला अदालत अछामले आफूमाथि जब’रजस्ती कर’णी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ।
न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो।
गएको माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जोहरी दिएकी थिइन्।
फोनमा केही दिन कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो। घरमा पुगेका पुरूषले किशोरीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए। सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए।

खाटमा बहिनीसँग सुतेकी किशोरीलाई भुइँमा सुतेका पुरूषले तानेर जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। तर पुरूषले युवतीले राति खाटबाट युवतीसँगै सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए।
किशोरीले पनि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएको कुरालाई अदालतले आधार बनाएको छ।
किशोरीले जिल्ला न्यायाधीवक्तसँगको बयानमा ती पुरुषले बिहे नगर्ने बुझेपछि कर णी मुद्दा चलाएको बताएकी थिइन्।
दुवैजनाको बयान सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा अदालत लगेको थियो। अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शा’री’रिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौ न सम्बन्ध स्थापित भएको ठहर गरेको छ।

यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ।
सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको ठहर गर्दै अदालतले बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरूषलाई सफाइ दिएको छ।

पीडित पक्षलाई फैसला चित्त नबुझे ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न म्याद दिइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्