हाँस्य टेलिसिरियलबाट चलचित्रमा प्रवेश गरेका यी सफल कलाकार



सैघाली खबर,
काठमाडौं , । ‘छक्का पञ्जा’ को सफलतापछि प्रायः निर्माता निर्देशकहरुलाई कमेडी जनराका सिनेमा चल्छन् भन्ने भान भएको छ । यही कारण पनि हुनुपर्छ अधिकांश निर्माता तथा निर्देशकले कमेडी जनराका सिनेमा निर्माण गरिरहेका छन् । भटाभट कमेडि जनरामा सिनेमा निर्माण हुन थाले पछि नयाँ देखि पुराना हास्यकलाकारहरु सिनेमाको काममा व्यस्त हुन थालेका छन् । निर्माता निर्देशकहरुले पनि पछिल्लो समय आफ्नो सिनेमाको जिम्मा हाँस्कलाकारहरु कै हातमा थमाउनथालेका छन् ।

हाँस्य टेलिसिरियल र स्टेज कार्यक्रममा ब्यस्त हुने हाँस्य कलाकारहरु अहिले सिनेमामा व्यस्त हुन थालेका छन् ।

मदन कृष्ण श्रेष्ठ


सानो पर्दाबाट स्थापित भएका कलाकार मदनकृष्ण श्रेष्ठले बेलाबखतमा ठूलो पर्दामा पनि काम गर्छन् । हाँस्यव्यङग्यको बाटो बनाउने कलाकारको रुपमा चिनिने मदन सिनेमा भन्दा बढी भने सिरियलमै काम गर्न रुचाउँछन् । तर उनले हालैमात्र मह सञ्चारकै प्रस्तुती रहेको सिनेमा ‘शत्रुगते’मा काम गरेका छन् ।चैत ९ गते बाट प्रदशनमा आउने तयारीमा रहेको ‘शत्रु गते’मा उनलाई मुख्य भूमिकामा देख्न पाईने छ ।मदनले यतिबेला आफ्नो तर्फबाट सिनेमाको सक्दो प्रचार प्रसार गरिरहेका छन् । सिनेमाको मोफसल प्रचार प्रसारमा भने उनी अस्वस्थताका कारण उपस्थित हुन सकेका छैनन् ।

हरिवंश आचार्य


अर्का हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्य पनि यतिबेला सिनेमा ‘शत्रु गते’ को प्रचार प्रसारमा व्यस्त छन् । सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा उनी सिनेमा प्रचारकै लागि अहिले ‘रुस्लान मह शत्रु गते यात्रा’ मा छन् । यात्राका क्रममा विभिन्न स्थानमादर्शकहरुलाई हरिबहादुर बनेर उनले मनोरन्जन पनि दिईरहेका छन् । यो उनको सिनेमा प्रचार गर्ने एउटा अलग तरिका बनेको छ । यस सिनेमामा उनी दीपाश्रीको जोडीको रुपमा प्रस्तुत भएका छन् ।

राजाराम पौडेल


पछिल्लो समय प्राय सिनेमामा कमिक पात्रको रुपमा अभिनेता राजाराम पौडेल प्रस्तुत हुने गरेका छन् । प्राय सिनेमामा हाँस्यव्यङग्य पनि जरुरी भएका कारण त्यो जरुरत पूरा गर्ने पात्रको रुपमा राजारामलाई देख्न सकिन्छ ।

 

सानो पर्दाबाट ठूलो पर्दामा गएर सबैभन्दा धेरै व्यस्त हुने कलाकारको सूचिमा उनलाई राख्न सकिन्छ । राजारामले यतिबेला रामकहानी, बाँध मायाले लगायतका सिनेमाको छायाकंनमा गरिरहेका छन् । यसका अलावा उनले अभिनय गरेका सिनेमा एकपछि अर्को प्रदर्शन पनि भइरहेका छन् । गतसाता मात्रै उनी अभिनित सिनेमा ‘हुर्रे’ प्रदर्शन भएको थियो । तर यो सिनेमाले आशातित कारोबार भने गर्न सकेन ।

दीपकराज गिरी


दीपकराज गिरीलाई हाँस्यकलाकार संगसंगै निर्माता र लेखक भनेर पनि चिन्न सकिन्छ । उनी अहिले ‘शत्रु गते’ संगसंगै ‘छक्का पंञ्जा ३’को स्क्रिप्ट लेखनमा ब्यस्त छन् ।

 

सिनेमा‘ शत्रु गते’ मा उनलाई दर्शकले नेगेटिभ भूमिकामा देख्न पाउने भएका छन् । ‘छक्का पंञ्जा ३’ को स्क्रिप्ट लेखन कार्यको ब्यस्तताले गर्दा उनी भने ‘शत्रु गते’ मोफसल प्रचारमा जान पाएका छैनन् । ‘छक्का पंञ्जा ३’ को स्क्रिप्ट लेखन कार्य ७० प्रतिशत सकीएको उनले बताएका छन् । काठमाडौंमा रहेर सिनेमाको सक्दो प्रचार प्रसार भने उनले गरिरहेका छन् । उनका अनुसार चैतको अन्त्य सम्ममा ‘छक्का पंञ्जा ३’स्क्रिप्ट लेखन कार्य सकेर वैशाखको दोस्रो हप्ताबाट छायांकन सुरु हुने भएको छ ।

दिपाश्री नीरौला

किर्तिमानी निर्देशक दीपाश्री निरौला अहीले ‘छक्का पंञ्जा ३’को स्क्रिप्टको काम दीपकराज गिरीको हातमा सुम्पिएर सिनेमा ‘शत्रु गते’ प्रचारको लागि ‘रुस्लान मह शत्रु गते यात्रा’ मा निस्किएकी छिन् ।

 

‘छक्का पञ्जा’ जस्तो किर्तिमानी सिनेमा निर्देशन गरेकी दीपा ‘छक्का पञ्जा ३’ निर्देशनको तयारीमा रहेकी छन् । सानो पर्दाबाट हाँस्यकलाकारको रुपमा स्थापित भएकी दीपा पछिल्लो समय पूर्ण रुपमा ठूलो पर्दामा सक्रिय छिन् ।

किरण के।सी


आफ्नो नाम भन्दा पनि बोल्ने थेगो ‘ए राता मकै’ भनेर दर्शकले सजिलै चिन्ने हाँस्य कलाकारकिरण के।सी यतिबेला आफै प्रस्तुकर्ता रहेको सिनेमा ‘शत्रु गते’ को प्रचार प्रसारमा व्यस्त छन् ।

 

वडा नम्बर ६, छक्का पञ्जा , छक्का पञ्जा २ र शत्रु गते पछिल्लो समयमा उनले काम गरेका सिनेमाहरु हुन् । सिनेमा ‘शत्रु गते’ कै प्रचारका लागि उनी पनि अहिले ‘रुस्लान मह शत्रु गते यात्रा’ मा निस्किएका छन् ।यस लगतै उनले अर्को सिनेमा निर्माण गर्ने र ‘छक्का पञ्जा ३’ मा व्यस्त हुने लगभग निश्चित भएको छ ।

शिवहरि पौडेल

शिवहरी पौडेलपनि पछिल्लो समयब्याक टु ब्याक सिनेमामा व्यस्त देखिन्छन् ।पौडेल यतिबेला सिनेमा ‘शत्रु गते’ को प्रचार प्रसारमा ब्यस्त छन् ।

 

सिनेमाको प्रचार प्रसारका लागि ‘रुस्लान मह शत्रु गते यात्रा’ मा निस्किएका उनले यात्रामा गीत, कविता र प्रहसन मार्फत सिनेमा ‘शत्रु गते’ को प्रचारमा गरिरहेका छन् । सिनेमामा पौडेल पनि मुख्य भूमिकामै छन् ।

केदार घिमिरे

केदार घिमिरे भन्ने बित्तिकै उनको पछाडि माग्ने बूढा जोडीएन भने उनको नाम अपुरो भए जस्तो लाग्छ । उनै हाँस्य कलाकार घिमिरे यतिबेला पूजा शर्माले निर्माण गर्न लागेको सिनेमा ‘रामकहानी’ मा ब्यस्त छन् ।

 

‘रामकहानी’का लागि उनले लिएको पारिश्रमिकले निकै चर्चा समेत पाएको थियो । २०७५ सालको तीजलाई लक्षित गरि भदौ २२ मा रिलिज हुने तयारीमा रहेको सिनेमा ‘रामकहानी’ को यतीबेला धमाधम छायांकन भैरहेको छ । यसका अलावा उनले बैशाख देखि ‘छक्का पञ्जा ३’ को छायांकन सुरु गर्नेछन् ।

जितु नेपाल


आफ्नो नामसंगै मुन्द्रे उपनाम मार्फत दर्शकहरुले सजिलै चिन्ने हास्य कलाकार जितु नेपालले पनि भर्खरै सिनेमा ‘रामकहानी’को छायाकंन आधा सकेका छन् ।यसका अलावा उनी पनि बैशाख देखि सिनेमा ‘छक्का पञ्जा ३’को छायाकंनमा जुट्नेछन् ।

 

सिनेमामा ब्यस्तता बढेसंगै उनले आफूलाई स्थापित गराएको हाँस्यव्यङग्य टेलिसिरियल ‘जिरे खुर्सानी’ समेत छोडी सकेका छन् । यतिबेला कार्यक्रमको शिलशिलामा विदेश पुगेका जितुत्यहाँबाट फर्किए पश्चात फेरी ‘रामकहानी’को छायांकनमै ब्यस्त हुने छन् ।

विल्सन विक्रम राई


छोटो समयमै चर्चा कमाएका हाँस्य कलाकार विल्सन विक्रम राई ९तक्मे बुढा० यतिबेला सिनेमा ‘रामकहानी’ को छायांकनमा ब्यस्त छन् ।

 

केहि समय अघि मात्रै ‘साली कसको भेनाको’ छायांकन सकेका उनको अहिले यहि सिनेमाको डबीङ पनि भईरहेको छ । उनको व्यस्तता यसमा पनि बढेको छ । करिअरको सुरुवातमा ठूलो पर्दामा काम गरेको भएपनि उनी हाँस्यकलाकारको रुपमा सानो पर्दाबाटै स्थापित भए । टेलिसिरियल ‘मेरी बास्सै’बाट हाँस्यकलाकारको परिचय पाएका उनी पछिल्लो समय सानो पर्दा भन्दा पनि ठूलो पर्दामा व्यस्त छन् ।

बुद्धि तामाङ


अर्का कलाकार बुद्धि तामाङ पनि सिनेमामा ब्यस्त हुने हाँस्य कलाकार हुन् । उनी भर्खरै मात्र सिनेमा ‘जय भोले’को छायाकंन सकेर काठमाडौं फर्केका छन् भने उनी अभिनित सिनेमा ‘नेप्टे’, ‘भैरे’ लगायतका चलचित्र प्रदर्शन हुने तयारीमा छन् ।

 

उनले हालसम्म ३५ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । यस अघिउनले अभिनय गरेका १५ भन्दा बढी चलचित्र प्रदर्शनमा आइसकेका छन् । बुद्धिलाई पनि सानो पर्दामा सिरियल ‘मेरी बास्सै’ले हाँस्य कलाकारको रुपमा स्थापित गराएको हो । यहि सिरियलमा काम गरेपछि पाएको लोकप्रियताले नै उनी अहिले ठूलो पर्दामा व्यस्त छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्