प्रदेश ३

सुनचाँदी सम्बन्धी विषयमा “पिएचडी” गर्ने नेपालकै पहिलो बने यम विश्वकर्मा

By Saru Sunar

April 02, 2022

नारायणगढको यस ज्वेलर्सका सञ्चालक तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्राध्यापक यमबहादुर विश्वकर्माले सुनको कारोबारसम्बन्धी विषयमा पिएचडी गरेका छन् ।

भारतको साई नाथ विश्वविद्यालयबाट ‘सुनचाँदीका ग्राहकहरूको क्रय व्यवहार’ सम्बन्धी विषयमा उनले पिएचडी गरेका हुन् । उनी विश्वविद्यालयमा २०१५ मा पिएचडीका लागि भर्ना भएका थिए । गुल्मीको रुरु बलेटक्सारमा २०२६ जन्मिएका विश्वकर्मा अहिले सप्तगण्डकी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायका उपप्राध्यापक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए उत्तीर्ण गरेपछि चितवनमा प्राध्यापन र सुनचाँदीको व्यवसायमा सक्रिय रहँदै आएका थिए ।

उनले पीएडीको उपाधि लिएपछि आफ्नो जीवनको एउटा महत्त्वपूर्ण सपना पूरा भएको  र अब हुने दीक्षान्त समारोहले अझ धेरै खुसी थप्नेछ ।’ उनले सुनचाँदी व्यवसायको बारेमा आफ्नो  पिएचडी नेपालकै पहिलो भएको दाबी गरे ।