समाचार

लालपुरमा चैती दुर्गा मेलाको सुभारम्भ

By Saru Sunar

April 03, 2022

महेश सिंह सिराहा – सिराहाको भगवान्पुर गाउँपालिका वडा नम्बर ३ लालपुर चौचाड टोलमा चैती दुर्गा मेलाको सुवार्म्भ हुने भएको छ।बिगहौ ऐलानी जग्गा रहेको उक्त ठाउँमा वडा अध्यक्ष हरि नारायण यादवले गाउँपालिकाको वडा स्तरीय बजेट बाट करिब १४ लाख बजेट विनियोजन गरी चैती दुर्गा मन्दिरको भवन निर्माण गरिएका छन्। स्थानीय जय नारायण यादवको उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी दिई मन्दिर निर्माणको कार्य अगाडि बढाइएको हो।मन्दिर निर्माणको कार्य करिब अन्तिम चरणमा रहेको अध्यक्ष यादवले बताए।सोही मन्दिरमा यो वर्ष देखि चैती दुर्गा लाग्ने भएको छ।

आउने बर्सहरूमा निरन्तर उक्त स्थानमा चैती दुर्गा मेला लाग्ने गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादवले बताए।उक्त मेला १९ गते देखि २९ गते सम्म र ९ नौ पूजा १० दशम जात्रा रहने मन्दिरको पुजारी राम प्रीत यादवले जानकारी दिनु भयो। समाजमा विकृति विसङ्गति लाई अन्त गर्न समाजलाई धार्मिक मार्गमा रूपान्तरण गर्न उक्त स्थानमा चैती दुर्गा मेलाको सुवार्म्भ गरेको वडा अध्यक्ष हरि नारायण यादवले बताए।