राजनिती

लहान १५ मा एमालेबाट अध्यक्षका लागी वीरेन्द्र चौधरीले उम्मेदवारी दिने घोषणा

By Saru Sunar

April 03, 2022

लहान -स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसबाट २०५४ सालमा विद्यार्थी राजनीति सुरु गरेका वीरेन्द्र चौधरीले तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको जिम्मेवारी समाल्दै आएका थिए।उनी विभिन्न संघ संस्थामा आबद्ध रही समाज सेवामा लगेका चौधरी नेपाल कम्युनिस्ट पार्टी एमालेको कम्युनिस्ट आन्दोलनमा अहम् भूमिका निर्वाह गर्दै थिए। हाल नेता वीरेन्द्र चौधरी एमाले पार्टीको नगर सचिव तथा खेल कुद महासङ्घको केन्द्रिय सदस्य समेत रहनु भएको हो। उनी थारुहरूको सामाजिक संस्था थारु कल्याणकारी सभाको केन्द्रिय सदस्य समेत रहनु भएका नेता चौधरी स्थानीय सगरमाथा माविका अध्यक्षको जिम्मेवारी समेत समाल्दै हुन् । ऊनी समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।उनले संस्थामा काम सँगै समाजमा निकै चर्चा बटुले हुन्। स्थानीयको भनाई अनुसार आउने निर्वाचनमा भाग लिन समाजले प्रोत्साहित गर्दा नेता चौधरीले निर्वाचनमा भाग लिन सहमत भएका हुन्। आफ्नो जित सुशासनको जित रहने उनले बताए।