एसईईको परिक्षाफल सार्वजानिक , ५३ जना परिक्षार्थीहरुको परिक्षाफल रोकियो



आषाढ २ , दाङ । कक्षा १० को एसईईको परिक्षाफल शुक्रवार प्रकाशित भएको छ ।jcka 1यस वर्षको एसईईमा जिल्लामा ११ हजार ५ सय १० जना परिक्षार्थी सहभागी भए पनि प्रकाशित परिक्षाफल नियमित तर्फको १० हजार २ सय ७ जना परिक्षाहरुको परिक्षाफल मात्रै प्रकाशित भएको छ । भने नियमि तर्फका ५३ जनाको परिक्षार्थीहरुको परिक्षाफल रोकिएको जिल्ला शिक्षा कार्यलय दाङले जनाएको छ । जिल्ला शिक्षा कार्यालय दाङमा जिल्ला शिक्षा अधिकार रमेश मैनालीका अनुसार १० हजार २ सय ६० जनाको परिक्षा मध्ये ५३ जना परिक्षार्थीहरुको परिक्षाफल सार्वजानिक भएको वाँकी ५३ जनाको किन परिक्षाफल रोकिएको हो । त्यो शिक्षा कार्यालय संग पनि अन्यौलमा परेको मैनालीले वताए । जसमध्ये ए प्लसमा ८७ ,ए ८ सय १९ जना , वि प्लसमा १४ सय १२ , वि १४ सय ५ जना र सि प्लसमा १८ सय २४ जना र सि २७ सय२६ , डि प्लसमा १७ सय ४२ र डि ग्रेडमा १ सय ३९ जना उत्तिर्ण भएको शिक्षा अधिकारी मैनालीले जानकारी दिए । एक्जामटेड तर्फको ३ सय ५६ जना र स्तरवृद्धि तर्फका ९ सय र प्राविधिक क्षेत्रतर्फको ४७ जना परिक्षाफल करिव हप्ता १० दिन पछि परिक्षाफल प्रकाशित हुने तयारी रहेको शिक्षा अधिकारी मैनालीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्