नवलपरासी : म्यादी प्रहरीको लिखित नतिजा २० गते



नवलपरासी पश्चिम- नवलपरासीमा म्यादी प्रहरीको लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्तीर्ण भएकाले परासीको आदर्श मावि मैदानमा लिखित परीक्षा दिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ११ सय ३८ जना म्यादी प्रहरीको लागि आवेदन खुल्ला गरेको छ । लिखित परीक्षाको अन्तिम नतिजा प्रकाशन आइतबार गरिने जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रवक्ता प्रेम बहादुर शाहीले जानकारी दिए । म्यादी प्रहरी भर्नाका लागि नवलपरासी पश्चिम जिल्लामा ५ हजार ७ सय ३८ जनाले आवेदन दिएको शाहीले बताएका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्