दलित सामाजिक विकास केन्द्र द्वारा तरकारी खेतीका लागि  बीउ बिजन वितरण



 
कपिलवस्तु :  यूनाईटेड मिसन टु नेपाल र अस्ट्रेलियन एडको आर्थिक एवं प्राविधिक सहयोगमा तथा दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा यशोधरा गाउँपालिकामा सञ्चालित कोभिड १९ प्रभावित समुदायको आर्थिक पुनर्स्थापना (रिकोभ) परियोजना अन्तरगत तरकारी खेती गर्ने कोभिड प्रभावित कृषकहरूलाई बिउ विजन वितरण तथा प्रविधि सहयोग गरिएको छ । 

 यशोधरा गाउपरिका वडा नं. ५, ६, ७ र ८ का  नदवा, बेलसापुर, कडजहवा र खोरिया लगायत गाउँका ३७ जना किसानहरूलाई लहरे तरकारीको बिउ बिजन, प्लास्टिक माल्चिङ, इलेक्ट्रिक न्याप स्याक स्प्रेयर, प्लास्टिक केट र जैविक विषादी संस्थाका अध्यक्ष सञ्जय कुमार कोरीको अध्यक्षतामा र संस्थाका कोषाध्यक्ष निलम पासी समेतको सहभागितामा वितरण गरेको छ ।

 दलित सामाजिक विकास केन्द्र द्धारा सञ्चालित हाम्रो पहुँच परियोजना अन्तरगत गठित आत्म निर्भर समुहहरु बाट तरकारी उपक्षेत्रमा रहेको पकेट क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपले कोभिड प्रभावित तरकारी खेती गर्ने कृषकहरू छनौट गरी उक्त सहयोग गरेको परियोजना अधिकृत शुभ सिंश चौधरीले जानकारी दिनु भएको छ । 

सोही कार्यक्रममा संस्थाका अध्यक्ष सञ्जय कुमार कोरीले तरकारी खेती गर्ने कृषकहरुले व्यवसायीक ढंगले खेती गरेमा आयआर्जनमा वृद्धि तथा जीवनस्तरमा सुधार हुने छ । स्वस्थे, स्वच्छ र ताजा तरकारी खाना पाइन्छ साथै आम्दानी वृद्धि भएको हुने छ यस्तो सहयोग कार्यक्रम मात्रै नभई समय समयमा पशु तथा कृषि प्राविधिक सहयोग पनि यसै संस्थाबाट गरिँदै आएको कुरा बारे संस्थाका अध्यक्ष कोरीले बताउनु भयो । 

रिकोभ परियोजनाका कार्यक्रम संयोजक शुभ सिंह चौधरीले प्लास्टिक मच्लिङको प्रयोग, फाइदाहरू र एकीकृत शत्रु जीव व्यवस्थापन बारे जानकारी दिनु भएको छ । ब्यवासयिक तरकारी खेती गर्नका लागी आवश्यक सरसल्लाह परामर्श प्रदान गर्न सदैव तत्पर रहेको संयोजकले जानकारी दिनु भयो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्