शिक्षा

छोराछोरी बिच भेदभाव गर्न नहुने : प्र. प्रशासकीय अधिकृत ढकाल 

By Saru Sunar

April 03, 2022

कपिलवस्तु – कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समूहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ ।

संचारीका समूहकी अध्यक्ष पार्वती आचार्यको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, विशिष्ट अतिथि  संचारीका समुह लुम्बिनी प्रदेश पूर्व अध्यक्ष पार्वती पाण्डेय, अतिथिमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कृष्णनगर का सामाजिक परिचाल तापस मिश्र, सामाजिक परिचालक शुष्मा विश्वकर्मा रहेका थिए।

कार्यक्रमको औपचारिक उद्घाटन कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल ले गर्नुभयो साथै स्वागत मन्तव्य संचारीका समूहकी महासचिव शारदा केसी ले गरिन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै छोरा छोरी बिच भेदभाव गर्न नहुने, किशोर अवस्था परिवर्तनको अवस्था रहेकाले अभिभावक हरू ध्यान दिनुपर्ने, अगामी बजेटमा किशोर किशोरी कार्यक्रम हरू योजनामा बढी समावेश गरिने बताउँदै  आफ्नो छोराछोरी तथा वातावरणीय सर पाहीमा समेत ध्यान दिन अभिभावक संग आग्रह गर्नुभयो।

कार्यक्रममा सहजीकरण संचारिका समूहकी सल्लाहकार निशा विश्वकर्मा ले गरिन। कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन संचारीका समूहकी कोषाध्यक्ष सङ्गीता भुसालले गइनुभयो ।