टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सरोकारवालालाई अभिमुखीकरण



नवलपरासी पश्चिम लयही चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको टाइफाइड रोगविरुद्धको खोप अभियान कार्यक्रम अन्तर्गत नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका विद्यालय जाने र नजाने बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यस क्रममा प्रतापपुर वडा नं ५ स्थित बैदौली स्वास्थ्य चौकी र वडा नं ६ स्थित गुठी परसौनी स्वास्थ्य चौकीले टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सरोकारवाला बिच आइतबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।


यी दुवै वडा भित्र रहेका सम्पूर्ण विद्यालय जाने उमेर समूहका र विद्यालय नजाने उमेर समूहका बालबालिकालाई खोप दिइने सम्बन्धित स्वास्थ्य चौकीले बताएको छ । १५ महिना देखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य शाखाले बताएको छ । बैदौली स्वास्थ्य चौकी अन्तर्गत विद्यालय जाने र  नजाने जम्मा १९ सय ३१ बालबालिकाहरूलाई खोप दिइने प्रमुख कौशल कुमार यादवले बताएका हुन यसै गरी गुठी परसौनी स्वास्थ्य चौकीका इन्चार्ज सञ्जय कुमार महत् तोका अनुसार वडा नं ६ भित्र रहेका २३ सय ४ बालबालिकालाई टाइफाइड विरुद्धको खोप मात्रा दिइने छ । नवलपरासी पश्चिम जिल्लाको सात वटै स्थानीय तहमा ८६ हजार बालबालिकाहरूलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय परासीले दिएको जानकारी अनुसार विद्यालय र स्वास्थ्य चौकीलाई खोप केन्द्र स्थापना गरी १५ महिना देखि १५ बर्ससम्मका बालबालिकाहरूलाई नछुट्ने गरी टाइफाइड रोगविरुद्धको खोप दिइने हो । नेपालमा पहिलो पटक टाइफाइड रोगविरुद्धको खोप लगाइने भएकोले यस अभियानलाई सफल बनाउन प्रतापपुर स्वास्थ्य शाखाले सबै सरोकारवालाहरुसंग सहयोगका लागि अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्