मानिसलाई रक्सी किन मनपर्छ ? ‘मातेका’ बाँदरलाई हेरेर वैज्ञानिकले अनुसन्धान गर्ने



नामामा बाँदरको एउटा प्रजाति छ जसलाई ब्ल्याक ह्यान्डेड स्पाई डर मंकी भनिन्छ । यी बाँदरले यति धेरै पाम फ्रुट खान्छन् कि यिनीहरूलाई थुप्रै पटक नशामा टल्ली भएर सुतिरहेको भेटिन्छ । किनभने पाम फ्रुटमा इथेनोलको थोरै मात्रा पाइन्छ । तर धेरै फल खाँदा बाँदरलाई नशा चढ्छ

नशाले मातेका यी बाँदरलाई देखेर मानिसलाई रक्सी खान यति धेरै किन मन पर्छ भनेर अनुसन्धान गर्न वैज्ञानिकहरूलाई आइडिया आएको छ । बाँदर मात्रै नशामा हुन्छन् भन्ने होइन । अन्य थुप्रै प्रजातिका बाँदर पनि भिन्न प्रकारका फल र पात खाएर नशामा पर्ने गर्छन् । सुतिरहन्छन् ।

वैज्ञानिकले दुई भिन्न प्रकारको स्पाई डर मंकीको पिसाबको स्याम्पल परीक्षण गर्दा तिनीहरूको नसामा इथेनोल बगिरहेको प्रमाणित भएको थियो । यसलाई उनीहरूले पचाएका समेत थिए । तिनीहरू यसको उपयोग निद्रा पूरा गर्न र थकाई मेटाउनका लागि गर्ने गर्छन् । यो शोध रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित भएको छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्