प्राविधिक शिक्षा संचालनका लागि झण्डै साढे दुई करोड संकलन



जनक नेपाली
दाङ, १ चैत्र । माबि दुधरासले संचालन गरेको महायज्ञको आय व्ययको सार्वजनिक गरिएको छ । विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रविधिक शिक्षा संचालनका लागि विद्यालयले गत १८ देखि २५ गते संम्म महायज्ञ संचालन गरिएको थियो । पत्रकार सम्मेलनका बोल्दै मुल आयोजक समितिका कोषध्यक्ष प्रदीप गौतमले महायज्ञबाट २ करोड, ८८ लाख ३२ हजार ४ सय १९ रुपैयाँ ९९ पैसा आम्दानी भएको जानकारी दिनुभयो । त्यसै महायज्ञमा ४२ लाख, ५३ हजार ५ सय ४६ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कुल २ करोड, ४५ लाख, ७८ हजार ८ सय ७३ रुपैयाँ बचत भएको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा बोल्दै गौतमले चन्दादानबाट १ करोड ५२ लाख १४ हजार, ३ सय ६१ रुपैयाँ , कलश ५ लाख ३४ हजार ९ सय १६, ईटा १७ हजार ७ सय, ब्रतबन्ध ५३ हजार ३५ रुपैयाँ लक्षवर्ति २८ हजार २५ रुपैयाँ चौरासी पुजा ८४ हजार ८ सय ४० , ग्रहजप १० हजार ४५ तुलादान ५ लाख ३२ हजार ७ सय ५०, धान्याञ्चल ३ लाख ९ लाख ९६ हजार ५ सय ८, दान पेटिका १ लाख ३० हजार ९ सय ८९ र भुमिदान बाट १ करोड १८ लाख ४७ हजार २ सय ५० रुपैयाँ आम्दानी गरेको वताउँनुभयो ।

आय व्यय सार्वजनिक कार्यक्रममा बोल्दै तुलसिपुर उपमहानगरपालिकाका उप मेयर माया आचार्यले प्रविधिक शिक्षा संचालनका लागि कार्यालयको तर्फबाट १० लाख रुपैयाँ प्रदान गर्ने वताउँनुभयो । प्रविधिक शिक्षा संचालनका लागि प्रत्येक सरकारी विद्यालयल १० लाख रुपैयाँ दिने योजना उपमहानगरपालिकाले अगाडी सारेको वताउँदै त्यसका लागि सहयोग गर्न आफु तयार रहेको वताउँनुभयो ।

प्रदेश नं. ५ कै नमुना प्रविधिक विद्यालयका रुपमा अगाडी सारेको बताउँदै त्यसका लागि आफु निरन्तर सहयोग गर्ने वताउँनुभयो  पत्रकार सम्मेलनमा संस्थागत प्रतिवेदन महासचिव गेहराज पौडेलले व्यक्त गर्नु भएको थियो । पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनको संचालन मुकुन्द रिजालले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्