बिष्णुपुरमा पालिका अध्यक्षले नेता कुटे



पसलको लेनदेनमा विष्णुपुरको पालिका अध्यक्षद्वारा कुटिए माओवादी नेता हजारी साह महेश सिंह सिरा लहान २५ चैत – पैसाको लेनदेन विवादमा विष्णुपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एक नेतालाई कुटेको छ।विष्णुपुर गाउँपालिकाको पुर्व राजपा प्रत्याशी हाल माओवादी तर्फ बाट गापा अध्यक्षको दाबेदार उम्मेदवार हजारी साह र कल्याणपुर नगरपालिकाको प्रत्याशी उम्मेदवार परचिलबाको रामबाबु यादव बिच दोकानको लेनदेन र समान खरिद गरेको पैसा लेनदेनको समाने विवाद चलिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एकासी हात हालेको माओवादी नेता हजारी साहको आरोप रहेको छ।

माओवादी नेता साहले मेरो पसल बाट लगेको समान बापतको उधारो रकमको ताकेता मेरो स्टाफले गरिरहेको बेला भनाभन भएपछि असहज प्रस्थित निमित्तै वप्रका विष्णुपुरको संरक्षणमा बसिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादव र विष्णुपुर गापा एमाले निकट रहेको चर्चित नेता सत्यनारायण यादवले दुई तिरै बाट तामाचा हालेको बताए ।नेता साहले सुरक्षीत ठाउँ ठानेर प्रहरी चौकी पुगे त्यहाँ झन जिम्मेवार जनप्रतिनिधिहरू बाट नै पिटिएपछि समाने नागरिकको संरक्षण दिने को ?प्रश्न खडा गरेको छ। उता गाउँपालिका अध्यक्ष जागेश्वर यादवले आफ्नो पार्टीको कल्याणपुरको नेता आफ्नो पालिका भित्र ब्यजती भइरहेको भइरहेको फोन सुनेपछि थानामा नै गएर आक्रोश थाम्न नसकेको बताए।

नेता साहले भने पालिका अध्यक्ष यादवले चुनावको मुखमा मलाई राजनीति दाउ साधेको बताए ।उनले भने म पसलेको स्टाफ नै उधारो खाएका रामबाबु यादव सेवाग्राही बिच विवाद परेको बेला बिचमा आएर कुन हिसाबले गलहार गर्‍यो,यो राजनीति दाउ साधेको जनाए। यता स्थानीयहरूले जे जति उधारो रहेपनी कसैलाई अचानक रोकेर ताकेताकै बहानामा गाडी छिन्ने प्रयास गर्नु अनुचित रहेको बताए ।स्थानीय प्रत्यक्ष दर्शीहरूले नेता साहको पसलमा काम गर्ने स्टाफहरूको बदमासीले साह दोषी रहेको जनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्