आचारसंहिता लाग्नु अगावै नगरप्रमुखले फिर्ता गरे आफू चढ्ने



सरकारी गाडी कृष्ण नगर , चैत्र २२ । निर्वाचन आचारसंहिता लाग्नुभन्दा अगावै कृष्ण नगर नगरपालिकाका नगरप्रमुखले चढ्ने गाडी फिर्ता गरेका छन् । स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार को रूपमा नेपालभरि कै नगरपालिकाका स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी फरक मतान्तरले जीत हासिल गरेका कृष्ण नगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू चढ्ने पालिकाको गाडी हस्तान्तरण गरिसकेको बताउनुभएको छ । निर्वाचन आचारसंहिता लाग्नुभन्दै पहिलै नै नगर पालिकाको गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई सुम्पिएको नगरप्रमुख शाहले जानकारी दिनुभयो ।

आइतबार अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियाे गाडीलाई नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फसर्ता गरिएकाे छ । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने याेजना शाखा प्रमुख साकिर अहमद शाहले जानकारी गराउनुभयाे । स्थानीय निर्वाचन २०७८ काे आचार संहिता लागेसङै जनप्रतिनिधिहरूले लिने सेवा सुविधामा रोक लाग्ने भएकाले जिल्लामै पहिलो स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्