सिराहा लहान २५ चैत – पैसाको लेनदेन विवादमा विष्णुपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एक नेतालाई कुटेको छ।विष्णुपुर गाउँपालिकाको पूर्व राजपा प्रत्याशी हाल माओवादी तर्फ बाट गापा अध्यक्षको दाबेदार उम्मेदवार हजारी साह र कल्याणपुर नगरपालिकाको प्रत्याशी उम्मेदवार परचिलबाको रामबाबु यादव बीच दोकानको लेनदेन र समान खरिद गरेको पैसा लेनदेनको सामान्य विवाद चलिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एकासी हात हालेको माओवादी नेता हजारी साहको आरोप रहेको छ।
माओवादी नेता साहले मेरो पसल बाट लगेको समान बापतको उधारो रकमको ताकेता मेरो स्टाफले गरिरहेको बेला भनाभन भएपछि असहज प्रस्थिती निमित्तै इप्रका विष्णुपुरको संरक्षणमा बसिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादव र विष्णुपुर गापा एमाले निकट रहेको चर्चित नेता सत्यनारायण यादवले दुई तिरै बाट तामाचा हालेको बताए ।नेता साहले सुरक्षित ठाउँ ठानेर प्रहरी चौकी पुगे त्यहाँ झन् जिम्मेवार जनप्रतिनिधिहरू बाट नै पिटिएपछि सामान्य नागरिकको संरक्षण दिने को ?प्रश्न खडा गरेको छ।
उता गाउँपालिका अध्यक्ष जागेश्वर यादवले आफ्नो पार्टीको कल्याणपुरको नेता आफ्नो पालिका भित्र ब्यजती भइरहेको भइरहेको फोन सुनेपछि थानामा नै गएर आक्रोश थाम्न नसकेको बताए। नेता साहले भने पालिका अध्यक्ष यादवले चुनावको मुखमा मलाई राजनीति दाउ साधेको बताए ।उनले भने म पसलेको स्टाफ नै उधारो खाएका रामबाबु यादव सेवाग्राही बिच विवाद परेको बेला बिचमा आएर कुन हिसाबले गलहाथ गर्यो,यो राजनीति दाउ साधेको जनाए।
यता स्थानीयहरूले जे जति उधारो रहेपनी कसैलाई अचानक रोकेर ताकेताकै बहानामा गाडी छिन्ने प्रयास गर्नु अनुचित रहेको बताए ।स्थानीय प्रत्यक्ष दर्शीहरूले नेता साहको पसलमा काम गर्ने स्टाफहरूको बदमासीले साह दोषी रहेको जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।