लहानमा ज्योति विकास बैङ्कको शखा थपियो  



लहानमा ज्योति विकास बैङ्कको सखा समुद्घाटन लहानमा ज्योति विकास बैंककले उपभोक्तामा प्रभावकारी सेवा दिने भए ज्योति विकास बैङ्कको लहानमा सखा उद्घाटन महेश सिंह सिरा लहान २६ चैत – ज्योति विकास बैङ्क लिमिटेडको सखा कार्यालय सिराको लहानमा सञ्चालनमा आएको छ।बृहत् कार्यक्रमको आयोजना गरी सखा कार्यालयको उद्घाटन गरेको हो।बैङ्कको सञ्चालक समितिको अध्यक्ष हरि चन्द्र खडकाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने उद्योग वाणिज्य सङ्घ सिरा लहानका अध्यक्ष अशोक अमात्य प्रमुख अतिथि रहनु भएको थियो।

विशिष्ट अतिथिमा बैङ्कको क्षेत्रीय प्रमुख सर् ढुङ्गेल रहनु भएको थियो भने अतिथिहरूमा लहान सखाको प्रबन्धक सञ्जय आचार्य,लहानमा अवस्थित रहेको अधिकांन्स बैङ्कहरूको सखा प्रबन्धक विभिन्न सङ्घ- संस्थाको प्रतिनिधि, नागरिक समाज,बुद्धिजीवी शिक्षक पत्रकार लगायत सयौँ व्यक्तिहरूको उपस्थिति रहेको रहेको सखा प्रबन्धक आचार्यले जनाए। प्रमुख अतिथि अमात्यका अनुसार लहान बासीका लागी बचत र आर्थिक लेनदेनको बैंकिङ्ग सेवा थपिएकोले म आफैँ खुसी भएको छु। बैङ्कले उपभोक्ताहरूलाई सहज तरिकाले सेवा दियोस् ताकि बढी भन्दा बढी व्यक्तिहरूले बैङ्कको सेवा लिन सफल होस् भने सफलताको शुभकामना दिएका थिए। उक्त बैङ्कले नेपालमा ११० वटा सखा खोल्न सफल भएका कर्जा विभागका प्रतिनिधि सन्तोष कुमार मण्डलले जानकारी दिनु भयो।

ज्योति विकास बैङ्कले बैङ्कको समय बाहेक पनि थप सेवा दिने छ भने प्रतिबद्धता व्यक्त गर्नु भयो।बढी भन्दा बढी व्यक्तिहरूले हाम्रो बैङ्क संग जोडीयोस भन्ने हाम्रो अपेक्षा रहेको सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खडकाले बताए।उक्त उद्घाटन कार्यक्रमको उद्घोषण बजार प्रमुख वसन्त दाहालले गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्