घाँस काट्न गएका व्यक्तिलाई चितवनमा बनायो बाघले बेपत्ता



 

२६, चैत, चितवन । चितवनको कुम रोजमा एक पुरुषलाई बाघले आक्रमण गरी बत्ता बनाएको छ ।खैरेनी नगरपालिका-१२ स्थित कुम रोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो ।बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोस्ट तथा इलाका प्रहरी कार्यालय खै रहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्