सैघाली खबर
दाङ, १ चैत्र । विपन्न विद्यार्थीहरुको शैक्षिक सहयोगार्थ स्वरुप शिक्षण सामाग्री हस्तान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका –१३ स्थित आधारभुत निमावि बराहखुट्टीमा अध्यनरत विद्यार्थीहरु उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
विद्यालयमा अध्ययन दलित , फरक क्षमता तथा विपन्न परिवारका दुई सय ४५ जना वालवालिकाहरुका सहयोग गरिएको हो । सामाजिक अभियान्ता तथा विद्यालयका पुर्व विद्यार्थी यामु थापा , पोषण भण्डारी , रेशम महरा , बसन्त लामा , सुनिल कार्की, विकास गौतम , द– कन्सेभ क्लव र हाजिम स्टोरले संयुक्त रुपमा सहयोग वितरण गरेका हुन । विपन्न विद्यार्थीहरु लाई दुई सय ५० थान झोला , दुई सय ५० दर्जन कापी र कमल र ३९ सेट खेलकुद सामाग्री वितरण गरिएको हो ।
विद्यालय सहयोगीदाताहरु लाई विशेष एक कार्यक्रमका विच स्वागत सम्मान पनि गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय नेपालीको अध्यक्षता तथा विद्यालयका पुर्व विद्यार्थी एवं सहयोगी दाता यामु थापाको प्रमुख आतिथ्यताका उक्त सामाग्री विद्यार्थीहरु लाई वितरण गरिएको हो । विपन्नताका कारण विद्यार्थीहरुले लेख्न पढ्ने कापी कलम र पुस्तक बोक्ने झोला अभाव झेल्नु परेको भन्दै विद्यार्थीहरु सहयोगका लागि सामुहिक प्रयासको साथ वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण पोषण भण्डारी गर्नुभएको थियो । साथै उक्त अबसरमा विद्यालयका अध्ययरत वालवालिकाहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । भने विद्यार्थीहरुको कपाल काटिएको थियो । जसमा रेडक्रस सोसाईटी जिल्ला शाखा दाङ , नेशनल प्याथोलोजी र ब्लड बैंक घोराहीले प्राविधिक समन्वय गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।