अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री जोन्सन पुगे युक्रेनी

By Thaha - Online

April 10, 2022

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस् जोन सन सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ गएका छन्। युक्रेनी जनताप्रति ऐक्यबद्धता जनाउन जोन सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो।

जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय सर्वसाधारणसँग पनि भेट गर्नुभएको थियो। जेलेन्स्कीको प्रशंसा गर्दै जोन्सनले बेलायत निरन्तर युक्रेन र युक्रेनी जनतासँग उभिने बताए।

युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिंदै जोन्सनले कुल ७७ करोड पाउण्ड बराबरको ऋण सहयोग दिने बताए। बेलायतले दश करोड पाउण्ड बराबरको हतियार सहयोग गर्ने घोषणा गरे लगत्तै जोन सन कीभ पुगेका थिए। छोटो समयको बसाई पछि उनी लण्डन फर्किएका छन्।