सान फ्रान्सिस्कोमा नेपाल डे परेड भव्य रुपमा सम्पन्न



सान फ्रान्सिस्को अप्रिल ९ गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका अन्तरर्गतको पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसंगको सहकार्यमा तर्जुमा गरेको बहुप्रतिक्षित नेपाल डे परेड भव्य रुपमा सम्पन्न भएको समाचार छ। सैयौँको सँख्यामा नेपाली भेष भुशा झाँकी अमेरिका र नेपालका सयौँ झन्डा फरफराउँदै नेपालको पहिचान झल्काउने र पर्यटनलाई प्रवर्धन गर्ने खालका बिभिन्न प्लेकार्ड तथा तस्वीरहरु परेडमा बोकेर हिंडेको द्रिष्य ऐतिहासिक र मनोरन्जक देखिन्थ्यो। नेपाली पन्चैबाजा, लाखे नाचका साथै बिभिन्न जनजातिका आफ्नै बाजा गाजा सहित बिच विचमा न्रित्य गर्दै हिँडेको द्रिष्य देखेर सान प्रान्सिस्कोवासीहरु छक्कै परेका थिए। सो परेड फेरी बिल्डिङ देखी सुरु भएर सिभिक सेन्टर नजिकै रहेको यु एन प्लाजामा गएर कोण सभामा परिणत भएको थियो। सो अवसरमा बिभिन्न वक्ताहरुले बोल्दै यस्ता प्रकार कार्यक्रमले नेपाली पहिचान झल्काउन, पर्यटन प्रवर्धन गर्न अहम भूमिका खेल्ने बताएका छन। नेपालीहरुको एकता र सहकार्यको कारणले नै कार्यक्रम सफल भएको सहभागी संस्था सवन्वय समितिका सभापति उत्तम कार्किले बताउनु भयो।

 

कार्यक्रम सँयोजक तथा NRNA NCC USA RCC ( WEST) श्रीराम थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण लाई हार्दिक धन्यवाद दिनु भएको छ भने च्याप्टर प्रेसिडेन्ट एक देव शर्माले होस्ट च्याप्टरको रुपमा क्यालिफोर्निया च्याप्टरले कार्यक्रम सफल पार्न खेलेको भूमिका प्रसँसनिय भएको बताउनु भयो। परेड पछी विविध साँस्कृतिक कार्यक्रम सहित नेपाल डे परेड २०२२ सम्पन्न भएको छ। कार्यक्रमको लागि नेपालका प्रधान मन्त्री शेर बहादुर देउवा, पर्यटन सँस्क्रिती तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आले लगायतको शुभ कामना प्राप्त भएका थिए। सो अवसरमा व्हाइट हाउसका उच्च पदस्थ व्यक्तित्वहरु, बिबिध श्हरकामेअर तथा डेप्युटी मेअर, एन आर एन ए का नेत्रित्व तहका व्यक्तित्वहाँरु लगायत हजारौँको सहभागीता रहेको थियो। मूल आयोजक समितिको नेपालमा पर्तिनिधित्व गर्दै सह आयोजक नेपाल विश्व सहयोग संघ NAGC का संस्थापक अधक्ष मणी नेपाली पनेरुले काठमान्डौमा पत्रकार सम्मेलन गर्दै परेड बारे प्रचार प्रसार गर्न र सकारात्मक भूमिका खेल्नु भएको थियो। परेड ऐतीहासिक, मनोरन्जक र फलदायी भएको सहभागीहरुले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्