त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवतीलाई प्रहरीले गोलीसहित प’क्राउ गरेको छ । सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता सहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा तनहुँ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको घ्यु रङको हाते ब्यागभित्र KF 13 5.56 लेखिएको एक राउन्ड गोली फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धानका लागि प’क्राउ परेकी युवतीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाएको जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।