Banner Second

ऋषि धमलाले प्रेस काउन्सिल पुगेर भने–पत्रकार आचार संहिता बारे थाहा थिएन,अब सुध्रन्छु

By Saru Sunar

April 11, 2022

सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टीकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे थाहा नभएको र अब पालना गर्ने बताएका छन् । उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेको प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायाङ्कन गर्दै धमलाले देउवा बसेको स्थानमा जर्बजस्ती घुस्ने प्रयास गरेका थिए । सो सामग्री प्राइम टिभीबाट समेत प्रसारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टीकरण सोधेको थियो ।