भालुवाङ प्युठान सडक खण्डको बगासोतीमा भासिएको सडक मर्मत नहुँदा दु’र्घटनाको जोखिम बढ्यो



 

 

भालुवाङ– प्युठान सडक खण्डको राप्ती गाउँपालिका १ बगासोतीमा भासिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । गएको वर्षा याममा भासिएको सडक अहिले सम्म मर्मत नहुँदा सवारी साधानहरुलाई आवात जावतमा निकै सास्ती खेप्नु परेको छ । कतिपय गाडीहरूले भासिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेको स्थानीय टेकबहादुर महत राले जानकारी दिएका छन् । सडक भासिएको ६ महिना भन्दा बढी भइसकेको छ तर मर्मतमा कसैले चासो देखाएका छैनन् जब ठुलो दुर्घटना हुन्छ अनि बाटो बनाउलान् महत राले भन्नु भयो । भालुवाङ– प्युठान सडक खण्ड एका तिर साँघुरो छ त्यसमा बिग्रिएको सडक मर्मत नहुँदा त्यसको मार गाडी धनीले खेप्नु परेको छ । सो बाटो भएर स्थानीय सरकारका प्रमुख, सांसद, मन्त्री पनि आवात जावत गर्छन् तर बाटो बनाउन कसैलाई मतलब छैन । यदि समयमा सो बाटो मर्मत नभए अव को बर्सातमा सो बाटो पुर्णरुपले बन्द नहोला भन्न सकिन्न । तल राप्ती नदी र माथि पहाड भएकोले तलबाट राप्ती नदीको कटान र माथिबाट खस्ने पहिरोले वर्षे नि सो सडक खण्ड बिग्रिँदै आएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्