सैघाली खबर
दाङ, १ चैत्र । नेकपा मालेका महासचिव सिपी मैनालीले मुलुकमा बाह्य शक्तिको चलखेल र हस्तक्षेप मौलाउदै गईरहेको रहेको टिप्प्णी गर्नुभयो । पार्टीको राष्ट्रिय परिषदको अधिवेशन उद्घाटन गर्न दाङ आईपुग्नुभएका मैनालीले अधिवेशन अघि विहिवार विहान नेपालका प्रथम शहिद लखन थापाको शालिकमा माल्यार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जनपक्षिय र देशभक्त दलहरु एकजुट हुन नसक्दा बाह्यशक्तिको चलखेल मौलाउदै जान थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ मुलुकका ठूला पार्टीहरु वाह्यमुखी हुदा यस्तो समस्या देखिएको छ । ’ जसका कारण मुलुकका हरेक तहमा वाह्य पक्षको स्वीकृती डिजाईनमा मुलुक चलाउने गरेको पनि उहाँको आरोप छ । जसका लागि देशभक्त र जनपक्षिय दलहरु एकतावद्ध भई मुलुकलाई वाह्यशक्ति चलखेल वाट मुक्त गराउन सवै लाग्नु पर्ने जोड दिनुभयो ।
जसका कारण नेपालको विरता र स्वाधिनता शिर उच्चो हुने उहाँले बताउनुभयो । उहाँले मुलुकको नयाँ संविधान ल्याए भनिए पनि त्यो संविधानले जातिय पहिचान कसैलाई पनि दिन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
भने समानता र समावेशिता संविधानको कागजमा मात्रै सिमित राखिएको टिप्पणी गर्नुभयो । जसले गर्दा नेवाली जनता पहिचान सहितको अधिकारको पर्खाईमा रहेको उहाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण मालेका जिल्ला सचिव नेत्र प्रकााश पाण्डे गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।