आजको मनोनयन दर्ता भोलि हुने ।।



असार ३

election-commission-nepal

असार १४ गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता भोली हुँदैछ । उमेद्वारी दर्ता लगायत चुनावको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आज मतदाताको नाममा अपिल दाबी गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो । त्यसका लागि आयोगले दिउँसो साढे एक बजेलाई पत्रकार सम्मेलनको आयोजना गरेको छ । दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारीका साथै जनशक्ति सबै ठाउँमा पुगेको पनि निर्वााचन आयोगले जनाएको छ । सरकारको निर्णय अनुसार निर्वाचन आयोगले कार्यतालिका हेरफेर गरेका थियो । सबै दलको सहभागिता सुनिश्चितताका लागि भन्दै सरकारको आग्रहमा निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ता मिति आइतबार भोलीसम्मलाई सारेको हो । सरकारले प्रदेश नं. १, ५ र ७ मा असार १४ गतेलाई निर्वाचनको मिति तय गरेको छ । प्रदेश नं. २ मा भने चुनाव सारेर असोज २ गते गर्ने सरकारको निर्णय छ । प्रदेश नं. २ मा निर्वाचन आचारसंहिता कामय नरहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी स्वरुप खटाईएका कर्मचारी फिर्ता गर्ने र कार्यालयहरु बन्द गर्नेपनि निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्