काँग्रेसबाट वडा सदस्य एमालेमा प्रवेश गरेपछि काँग्रेसमा भयो खैलाबैला



विहादी,पर्वत | स्थानीय निकायको निर्वाचन नजिकिए सँगै पछिल्लो समय विभिन्न पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहर नै चलेको छ | मङ्गलवार नेकपा एमाले विहादी आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बिहादी गाउँपालि २ बर्राचाैरका नेपाली काँग्रेसमा लामो समयदेखि योगदान गर्दै आउनुभएका र नेपाली काङ्ग्रेसबाट गएको २०७४ सालको स्थानीय निर्वाचनमा भारी मत ल्याएर विजयी वडा सदस्य डोलेन्द्र गिरी एमालेमा प्रवेश गर्नु भएको हो | कार्यक्रम मा नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत जिल्ला सह इन्चार्ज पदम गिरी , विहादी गाउँपालिका नेकपा एमालेका अध्यक्ष ओम प्रसाद कुवर लगायतका नेता तथा कार्यकर्ता को उपस्थितिमा नव प्रवेशी हरूलाई टीका र खादा ओढाएर स्वागत गरेका थिए | एमालेमा प्रवेश गरेपछि गिरीले भने पछिल्लो समय पाटी भित्र देखिएको मतभेद र गठबन्धन सँग मिलेर चुनावमा जाने तयारी भएको कारण आफूले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा जाने निर्णय लिएको बताए |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्