नमस्ते हाम्रो स्वर्गद्वारी टुर एन्ड ट्राभल्स कृष्ण नगरमा सञ्चालन

By Saru Sunar

April 16, 2022

कृष्ण नगर, कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिका वडा नं १ होटेल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो स्वर्गद्वारी टुर एन्ड ट्राभल्सको आज एक कार्यक्रम बिच उद्घाटन गरी सञ्चालनमा आएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्ण नगर अध्यक्ष जाबे आलम खा ले नमस्ते हाम्रो स्वर्गद्वारी टुर एन्ड ट्राभल्सको उद्घाटन गरेका छन् । विशिष्ट अतिथिमा पशिचम नेपाल बस व्यवसायी सङ्घ कृष्ण नगरका इन्चार्ज आनन्द भण्डारी, सह इन्चार्ज निर्मल पराजुलि, राप्ती सार्वजनिक यातायात इन्चार्ज शाहिद खान, अतिथिमा इलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेय, बि. ओ. पी. कृष्ण नगरका प्रतिनिधि लगायत अन्य रहनुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले नमस्ते हाम्रो स्वर्गद्वारी टुर एन्ड ट्राभल्सको सफलताको शुभकामना दिँदै आफूले व्यवसायी हरूको सधैँ सहयोग गर्दै आएको र अगामी दिनमा समेत सहयोग रहने बताए । कार्यक्रममा होटेल व्यवसायी सङ्घ कृष्ण नगरका अध्यक्ष शिवा घिमिरेले कोभिड ले गर्दा अक्रांत भएका होटेल व्यवसायी तथा टुर एन्ड ट्राभल्सले होटेल व्यवसायी संग सहकार्य गरेर अगाडि बढे होटेल र टुर एन्ड ट्राभल्स दुबैको व्यवसाय राम्रो फस्टाउने बताए । नमस्ते हाम्रो स्वर्गद्वारी टुर एन्ड ट्राभल्सका अध्यक्ष इन्द्र बहादुर खड्काले नेपाल देखि भारतको पानीपत, कर्नाल, पटियाला, चण्डीगढ़, लुधियाना, जलन्धर, अमृतसर, होसियार पुर, मनाली लगायतको ठांउ बाट नेपाल आउन हामीलाई सेवक मौका दिन अनुरोध गर्नुभयो । कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, होटेल व्यवसायी, शिक्षा प्रेमी, यातायात व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायत सयौँको उपस्थितिमा कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन भुमा घिमिरेले गर्नुभयो ।