गायिका मेलिना राईले गरिन झापाका सञ्जीव बराइलीसँग इनगेजमेन्ट



गायिका मेलिना राईले गरिन झापाका सञ्जीव बराइली सँग इनगेजमेन्ट गायिका मेलिना राईले शुक्रबार आफ्नो फेसबुकबाट आफूले इगेजमेट गरेको फोटो सार्वजनिक गरेकी छिन । गायिकाले सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी हुन् । यता बराइलीले पनि मेलिना  राईसँग राइसग इगेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेका छन् । गायिका राईले झापा विर्तामोडका सञ्जीव बराईलीसँग इन्गेजमेन्ट गरेको र अब चाँडै नै विवाह गर्न लागेको बताइएको छ । उनका प्रेमी बराईली चर्चित तथा व्यस्त गितारिष्ट तथा म्यूजिक कम्पोजर हुन् । झापा निवासी बराईलीसँग केहि समय पहिले नै इन्गेजमेन्ट भईसकेको भएतापनि शुक्रवार मात्र उनले सम्बन्ध सार्वजनिक गरेकी हुन् । बताईए अनुसार उनिहरु दुई बर्षयता प्रेमसम्बन्धमा थिए ।
उनीहरूको इन्गेजमेन्टलाई लिएर सामाजिक सञ्जालमा अन्तरजातीय बिवाहाले समाज रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना र बधाई दिइरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्