टप फिचर

गायिका मेलिना राईले गरिन झापाका सञ्जीव बराइलीसँग इनगेजमेन्ट

By Saru Sunar

April 16, 2022

गायिका मेलिना राईले गरिन झापाका सञ्जीव बराइली सँग इनगेजमेन्ट गायिका मेलिना राईले शुक्रबार आफ्नो फेसबुकबाट आफूले इगेजमेट गरेको फोटो सार्वजनिक गरेकी छिन । गायिकाले सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी हुन् । यता बराइलीले पनि मेलिना  राईसँग राइसग इगेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेका छन् । गायिका राईले झापा विर्तामोडका सञ्जीव बराईलीसँग इन्गेजमेन्ट गरेको र अब चाँडै नै विवाह गर्न लागेको बताइएको छ । उनका प्रेमी बराईली चर्चित तथा व्यस्त गितारिष्ट तथा म्यूजिक कम्पोजर हुन् । झापा निवासी बराईलीसँग केहि समय पहिले नै इन्गेजमेन्ट भईसकेको भएतापनि शुक्रवार मात्र उनले सम्बन्ध सार्वजनिक गरेकी हुन् । बताईए अनुसार उनिहरु दुई बर्षयता प्रेमसम्बन्धमा थिए । उनीहरूको इन्गेजमेन्टलाई लिएर सामाजिक सञ्जालमा अन्तरजातीय बिवाहाले समाज रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना र बधाई दिइरहेका छन् ।