नेपालद्वारा पीएनजी ६ विकेटले पराजित



 

सैघाली खबर
काठमाडौँ , १ चैत । नेपालले विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको छ । पीएनजीले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको नोक्सानीमा २३ ओभर खेल्दै प्राप्त गरेको हो ।

प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएमा नेपालले वान(डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । ५८ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । मध्यक्रममा आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले २७।२ ओभरमा पीएनजीलाई १ सय १४ रनमा अलआउट गरको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४÷४ विकेट तथा सोमपाल कामी र करण केसीले १­÷१ विकेट लिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्