सिराहा ;लहान चुनाव लाई लक्षित गरेर दलित सङ्घर्ष समितिद्वारा लहान नगरपालिका वडा नम्बर २४ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समय तोकिएकोले दलित सङ्घर्ष समिति लहानले एक बृहत् कार्यक्रमको आयोजना गरी सम्पूर्ण दलितहरूलाई एक जुट हुन् उक्त कार्यक्रमको आयोजना गरेका थिए। विभिन्न राजनीति दलका व्यक्तिहरूले गरिब दलितहरूलाई भोट बैङ्कको रूपमा चिनिने गरेका छन्।निर्वाचनको समय नजिकिँदै जाँदा दलित समुदायमा मासु दारु/रक्सी र पैसा बाडे विभिन्न प्रलोभनमा पार्दै आफ्नो राजनीति स्वार्थ पुरा गर्न नेताहरूले दलित समुदाय केन्द्रित भएका छन्।
अब दलित समुदाय मासु र दारुलाई बहिष्कार गर्ने छन् बाडन आउने राजनीति दललाई खबरदारी समेत गरिएका दलित अगुवा राम गणेश दासले बताए। राजनीति दलका प्रतिनिधिहरूले दलित समुदाय लाई हेपेर गुलामीको कर्ण बनाएको छ।हरेक राजनीति पार्टीका नारा जुलुसहरूमा दलित समुदायलाई प्रयोग गर्ने गरिन्छ। राजनीति निकटता ल्याउन दलहरूले दलित बस्तीलाई राजनीति अखडा बनाउने गरिएका छन्।आउने निर्वाचनमा दलित समुदाय प्रलोभनमा नपर्ने उनलेे जोड दिएका थिए। तराई मधेसमा चुनावी सरगर्मी छाएको छ। राजनीति दलका नेताहरूले गाउँ केन्द्रित भएका छन्।
दलित बस्तीहरूमा नेताहरूले दिन चरिया बिताउने गरिन्छ।संयुक्त दलित सङ्घर्ष समितिका लहान नगर अध्यक्ष मनोज पासमानका अनुसार नेताहरू चुनावमा छुवाछूतको कुरा गर्दैन। दलितकै भोट लिएर चुनाव जितेर गए पछि केही दिन मै नेताहरूको मनोबल फेरिन्छ।आफ्नो चुनावी एजेन्डाहरू बिर्सिन्छ, छुवाछूत सुरुवात हुने गरेको छ। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ का केन्द्रीय परिषद् सदस्य दिनेश्वर गुप्ता,दलित अगुवा राम गणेश दास,रमेन मण्डल,भोगचन्द्र पासमान,महिला अधिकारकर्मी रिकमा बिश्वकर्मा,लगन लाल पासमान,राम बिहारी दास,सत्यनारायण साफी , चन्दो देवी पासवान,सरिता सदाय,लक्ष्मण सदाय लगायत अतिथिहरूको उपस्थिति रहेको थियो। खबरदारीको लागी लहान नगरपालिकाको २४ वटा वाडमा सचेतता कार्यक्रम गर्ने निर्णय गरेका छन्। अब दलित समुदाय शिक्षित तिर उकासिएको छ। बोल बला र आफूलाई जिमिदार र ठुलो नेता भनाउनेहरुलाई दलित समुदायले लहानमा बहिष्कार गर्ने बताए। आउने निर्वाचनमा सम्पूर्ण दलित एक जुट हुन् दलित सङ्घर्ष समिति लहानले एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको दलित अगुवा भोगचन्द्र पासमानले जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।