सिराहा लहान ८ वैशाख – निर्वाचन आयोगले वैशाख ३० गते तय गरेको स्थानीय तहको निर्वाचनमा लहान ३ का लागी जसपा पार्टीबाट राम उदगार महतो चुनावी प्रतिस्पर्धामा आउने भएको छ।जसपा पार्टीले विगतको चुनावमा भाग लिएका फनीलाल महतोको नाउँ सिफारिस गरेका थिए।उनी पछिल्लो चुनावको वडा प्रत्याशी समेत रहनु भएका महतोलाई वैशाख ३० गते हुने निर्वाचनमा भाग लिन फनी लाल महतोको नाउँ सिफारिस भएको थियो।
ऊनी चुनावमा भाग लिन असहमति जनाए पछि स्थानीय राम राम उदगार महतो लाई चुनाव लड्न समर्थन गरेका छन्। स्थानीय नेता राम उदगार महतोले चुनावी प्रतिस्पर्धामा आउने कुरा पार्टीबाट तय भएको वडा कमिटीले जनाए।अहिले नेता राम उदगार महतो वडाका लागी व्यापक चर्चामा रहेका छन्। लहान ३ मा जसपा,काङ्ग्रेस,एमालेको ठुलो प्रतिस्पर्धा हुने छ।
२०६२/२०६३ सालको मधेस आन्दोलन बाट राजनीति यात्रा सुरु गरेका उनी जनता समाजवादी पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका हुन्। हाल उनी सिराहा क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्ष समेत रहनु भएको हो।
जसपाबाट राम उदगार महतो र नेपाली काङ्ग्रेसबाट राम दयाल महतो र नेकपा एमालेबाट राजेश चौधरी कडा प्रतिस्पर्धामा आउने सम भावना देखिएको हो। वडा बसेको बैठकबाट नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा, प्रदेश सभा क को उपाध्यक्ष ललित नारायण महतो,जसपाका युवा नेता दिलिप दास लगायतका नेताहरूको लहान ३ मा सक्रियता देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।