काठमाडौँ — जन्मदिन मनाउन मुम्बई पुगेका बलिउड अभिनेता अमिर खान रोमान्टिक बनेका छन् । ठग्स अफ हिन्दुस्थानको सुटिङका क्रममा जोधपुर रहेका अमिर मुम्बई पुगेर श्रीमती किरण राओलाई मिडिया कै अगाडि किस गरे ।धोबीघाटकी डाइरेक्टर किरण श्रीमानलाई लिन एयरपोर्ट पुगेकी थिइन्। एयरपोर्ट परिसरमा आफ्ना समर्थक र मिडियाको अगाडि दुवैले संयुक्त रुपमा केक काटे। त्यही क्रममा अमिरले किरणलाई किस गरे। अमिर र किरणबीचको गहिरो माया रहेको भन्दै भारतीय सञ्चार माध्यमहरुले दावी गर्दै किस गरेको फोटो सार्वजनिक गरेका छन्।
मिस्टर पर्फेक्टस्निष्टको रुपमा समेत चिनिएका अभिनेता खानले आफ्नो ५३ औँ जन्मोत्सवको अवसर पारेर इन्स्टाग्राममा पहिलो तस्वीर हालेका छन्। उनले आफ्नी आमाको तस्वीर इन्सटाग्राममा हालेका हुन्। अमिर आफ्नो लामो छुट्टि आमाका साथ मनाउने गरेका छन्।
यसअघि अमिर र किरणबीच सम्बन्धमा खटपट भएको भन्दै चर्चा पनि चलेको थियो। थग्स अफ हिन्दुस्थानमा अमिरसहित अमिताब बच्चन, फतिमा शैख र कट्रिना कैफको अभिनय छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।