टुरिस्ट नेताहरू चुनावमा मात्र देखिन्छन् : नगरप्रमुख शाह



कपिलवस्तु , वैशाख ९ स्थानीय तह निर्वाचनको माहौल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरू बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरू तथा पालिका प्रमुखहरू आउने तयारीमा छन् । चुनावी माहौल नजिकिँदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनीतिमा चुनावी सरगर्मी बढेको छ । ५ वर्षे कार्यकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । नगर परिवर्तनको सन्तुष्टिले रजत प्रताप शाहलाई एक कार्यकाल दोहोराउने पक्षमा कृष्णनगर वासी लागेका छन् । उम्मेदवारका आकाङ्क्षीहरू सलबलाउन थालेका छन् । कृष्णनगरमा दर्जनौँ नेताहरू नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लबिङमा छन् ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र पदबाट उम्मेदवार बनेर निर्वाचन जितेका रजत प्रताप शाह अहिले नेपाली काङ्ग्रेसको मूलधार राजनीतिमा छन् । काङ्ग्रेस कृष्ण नगरले उनको नाम मेयर पदको लागि जिल्लामा सिफारिस गरेको छ । मृदुभाषी , सरल एवं सानो बच्चा समेत आफ्नो कुरा राख्न सक्ने व्यवहारले गर्दा लोकप्रियता बढेकोले पनि शाहलाई नगर वासिले फेरी दोहोराउने चाहना गरेका छन् । पाँच वर्षको कार्यकालमा जनताले विश्वास जितेका शाहलाई अझै एक पटक नगर प्रमुखको अवसर दिनु पर्ने कृष्षनगर नगरपालिका वडा न ४ का कृष्ण यादवले बताए । विकाश र परिवर्तनले पछि परेको कृष्णनगरमा शाहले धेरै परिवर्तन गरे केही अधुरा र अपुरा कार्य छन् तिनै कार्य पुरा गर्न भए पनि एक पटक रजत प्रताप नगर प्रमुखमा दोहोरिनु पर्ने कृष्णनगर ७ का करम खानले बताए । त्यस्तै कृष्णनगर नगरपालिका वडा न २ का राधेश्याम रैनदासले शाह नगर प्रमुखमा पुन दोहोरिन पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न र जनतामा उनीप्रति छरिएको भ्रम चिर्न सर्वसाधारणले शाहलाई एक पटक फेरि अवसर दिनपर्ने बताए । नेपाली काँग्रेसमा प्रवेश गरेका शाह अहिले मेयरका लागि प्रमुख दाबेदार हुन । ५ वर्षे अनुभव र टोल टोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय बनाएका शाहलाई काङ्ग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ। त्यस्तै नगर प्रमुख शाहले ‘धेरै काम त भएका छन् तर केही कामहरू समस्याका समाधान गर्न बाँकी छन् ती कामहरू पुरा गर्नका लागि आफूले एक कार्यकालको मात्र चाहना राखेको बताए ।

पहिलो अनुभवमै नगर विकासमा ऐतिहासिक काम भए, अर्को कार्यकाल पाए कृष्ण नगरलार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए । नगरप्रमुख शाह भन्छन्- जिम्मेवार पदमा बसेपछि केही गुनासाहरू आउंछन नै तर बहुमतको कार्यपालिका नभएकै कारण काम गर्न अप्ठ्याराहरू बढी नै आए पनि मैले स्टैण्ड लिएर जनचासोका कार्य गर्दै आएकाले दाेहिरिनुमा दुई मत छैन । प्रत्येक दिन जनताको बिचमा चौबिसै घण्टा जनसेवामा समर्पित जनप्रतिनिधि र चुनावमा मात्र देखा पर्ने टुरिस्ट नेतालाई सबैले बुझिसके छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्