म समय विताउन गृह मन्त्रालय आएको होइनः रामबहादुर थापा बादल



१ चैत्र

काठमाडौं

गृहमन्त्री रामबहादुर थापाले अाफू अरुजस्तो समय विताउन गृहमन्त्रालयमा नअाएको बताएका छन् ।

‘म अरुजस्तो समय बिताउन मन्त्रालयमा आएको होइन केही गरेर देखाउनु छ, यो एक्लो प्रयासले मात्र सम्भव छैन तपाईँहरुले साथ दिनुहोस्’   विहीबार उपत्यकाभित्र शान्ति सुरक्षा प्रत्याभुति दिलाउनुका साथै ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै थापाले भने ।

गृहमन्त्री थापाले अाफूलाई योजनाभन्दा पनि परिणामा काम चाहिने भन्दै त्यसको लागि  उपत्यकाभित्रको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन व्यवस्था सहज गर्नको लागि निर्देशन दिएका थिए ।

गृहमन्त्री थापाले उपत्यका भित्र बढ्दै गएको अपराध नियन्त्रण गर्न निर्देशन समेत दिएका हुन् । शान्ति सुरक्षा कायम राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न समेत गृहमन्त्रीले सुझाव दिएका थिए । राजधानीमा हुने गुन्डागर्दी नियन्त्रण गर्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

करिव ४ घण्टा चलेको ब्रिफिङमा प्रहरी प्रमुख प्रकाश अर्याल उपत्यका भित्रका तीन जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रमुख र काठमाडौं महानगरपालिका मेयर सहभागी थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्