अखिल क्रान्तिकारीको अध्यक्षमा ढकाल



सैघाली खबर

दाङ, १ चैत । अखिल क्रान्तिकारीको घोराहीमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनबाट चिरञ्जीवी ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । सम्मेलनबाट निर्वाचित केन्द्रीय सदस्यहरुमा राजु दास, गणेश कार्की, सञ्जय राइ, नवराज नेपाल, पुष्प न्यौपाने, दुर्गा तामाङ, विकास थापा, विवेक राइ, सविन श्रेष्ठ, मदन केसी, प्रल्हाद गौतम, मुकुन्द श्रेष्ठ, राजकुमार लामिछाने, दिनेश शारु, लक्षुराम बिक, बद्री अधिकारी, अटल पाण्डे, प्रकाश अधिकारी, सुनिल बञ्जाडे, लोकेन्द्र बिष्ट, रमेश गैरे, रुपा बुढा, कुलराज पाण्डे, हेमन्त जिसी, पमद पोख्रेल, दीपक बिष्ट, आश तमु, सम्राट सापकोटा, मिलन राइ, काजी गुरुङ, डम्बर बिक, मदन चन्द, प्रेम शाही, भरत रावल, रत्न बड, प्रकाश शाही, ललित बिक, कलम बडुवाल, नरेन्द्र बिक, लोकेन्द्र सार्की, पुष्प न्यौपाने, प्रज्वल शाही, भीम कठायत, प्रकाश चन्द, भवानी ओझा, प्रीतिमा चौधरी, रुद्र भट्टराइ, सन्तोषी भट्टराइ, धनबहादुर नेपाली र तेजबिक्रम ओली रहनुभएको छ ।

अध्यक्ष ढकालले शैक्षिक कार्यक्रमअन्तर्गत निजी विद्यालयलाई निरुत्साहित र सरकारी विद्यायलाई प्रबर्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । निजी विद्यालयको शुल्क नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउने उहाँले बताउनुभयो । यसअघिका शैक्षिक आन्दोलनमा निजी विद्यालयको बिरोध गरिए पनि सरकारी विद्यालयको स्तरबृद्धिमा ध्यान नदिएको उल्लेख गर्दै उहाँले सरकारी विद्यालयको स्तरबृद्धिलाई अब आन्दोलनको प्राथमिक एजेण्डा बनाइने बताउनुभयो ।

अध्यक्ष ढकालले शिक्षाले देशमा भएको प्राकृतिक स्रोत साधनसँग मानव श्रम जोड्न आवश्यक रहेको बताउनुभयो । अहिले एकातिर शिक्षा अवैज्ञानिक रहेको र अर्कोतिर यसबाटै उत्पादित जनशक्ति पनि बेरोजगार रहेको उल्लेख गर्दै उहाँले सम्मेलनले शिक्षालाई श्रमसँग जोड्ने वैज्ञानिक समाजवादी शिक्षा नीतिमा जोड दिएको बताउनुभयो । कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य प्रकाश शाहीले गर्नुभएको थियो ।सो संगठनले बिहीवार घोराहीमा पत्रकार सम्मेलन गरी नेतृत्व सार्वजनिक गरेको हो । साथै सो संगठनले निजी विद्यालयको शुल्क नियन्त्रणलाई प्राथमिक एजेण्डाको रुपमा अघि सारेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्