‘दिनैपिच्छे उर्लिदै चुनावी उत्साहको जनलहर ’



गिरिराज नेपाली
जेष्ठ ३ , दाङ । यही आषाढ १४ गते हुने लागिरहेको स्थानिय तहको निर्वाचन आउन अव ११ दिन मात्रै वाँकी छ । मिति नजिएकी संगै चुनावी उत्साहको जनलहर पनि उत्तिकै चर्किदै गईरहेको छ । Naka 2
सवै दलका नेताकार्यकर्ता र उम्मेद्वारहरु जनलहर उर्लाउदै सवै मतदाताका हात हातमा चुनावी एजेण्डा थम्थम्याउदै चुनावी प्रचारमा जुटेको छन । नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा , नयाँ शक्ति पार्टी नेपाल लगाएतका अन्य साना दलहरु पनि चुनावी प्रचारका लागि घरघर , चोक चोक , गल्लीगल्लीमा उर्लिएकै छन ।भर्खरै मात्र नेपाली काँग्रेस दाङले उम्मेद्वारी टुङगो लगाए संगै नेपाली काँग्रेस दाङको चुनावी उत्साह थप उत्साहपुर्ण वन्दै गएको छ । भने उम्मेद्वारी टुङगो लगाई सकेको दलहरुलृे पनि चुनावी प्रचारको उत्साह लाई निरन्तरता दिईरहेका छन । केही दिन अघि मात्रै आफ्ना उम्मेद्वारी विना नै चुनावी प्रचारमा उत्साहित वनेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु भर्खर मात्रै उम्मेद्वारी टुङगो लागे पछि उम्मेद्वारी सहितको प्रतिवद्धता पत्र देखाउदै चुनावी घरदैलो अभियानमा थप सक्रिया वन्दै गएका छन । चुनावी जनलहरको उत्साह पनि थपिएको छ ।

नेपाली काँग्रेस दाङले घोराही र तुलसीपुृर उप–महानगरपालिका र लमही नगरपालिकाको उम्मेद्वारी तोके संगै नेपाली काँग्रेस दाङको चुनावी उत्साह थप जनलहरको उत्साह वढ्दै गएको छ । ‘आठ रुख , सात छाप नेपाली काँग्रेस जिन्दावाद ’ दाङ प्रादेशिक राजधानी हाम्रो सरोकार समृद्ध दाङ ,विकास आधार भन्दै नेपाली काँग्रेस दाङका कार्यकर्ताहरु उम्मेद्वारी टुङगो नयाँ उत्साह वोकी गाँउ पसीरहेका छन ।
केहीदनि अघि उम्मेद्वारी विना चुनावी प्रचारका लागि गाँउ पसेको काँग्रेसी कार्यकर्ताहरु उम्मेद्वारी टुङगोले नयाँ जोश र जागर पलाएको छ । भने अन्य पार्टी नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा , राप्रपा , नयाँ शत्तिःm पार्टी लगाएतका अन्य दलहरुको चुनावी सरगर्मि पनि निकै वढ्ेको नेपाली काँग्रेस दाङका अध्यक्ष किर्ति वहादुर खड्काले वताए । खड्काले भने ‘ काँग्रेसमा नयाँ उत्साह र जोश पलाएको छ । नेता कार्यकर्ताहरु उम्मेद्वारहरुमा यस्तो जोस र उत्साह देखिल्ला भन्ने हामी लाई कल्पाना समेत थिईन । दिउसोको संकेत विहानी गर्छ भने झै ‘जनता तथा कार्यकर्ताको उत्साहले काँग्रेसको विजयी संकेत गरेको छ ।

उम्मेद्वारी टुङगोले अलमलमा परेका कार्यकर्ताहरु उम्मेद्वारीको टुङगो लागे संगै काँग्रेस विजयी प्राप्तीका लागि निकै उत्साहित वनेको खड्काले वताए ।हप्ता दिन लामो छलफल पछि टुङगो लागेको उम्मेद्वारीले जनतामा नयाँ आशा अपेक्षा पलाएकाले जनताको जनलहर देखी कार्यकर्ताको उत्साहले काँग्रेस थप उत्साहित वनाएको उनले वताए ।
नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले आसन्न स्थानिय तहको निर्वाचन मिति नजिकीए संगै एमाले लाई पनि चुनावी उत्साहले निकै छोएको वताउदै भने ‘उम्मेद्वार देखी नेता कार्यकर्ताहरु निकै हौस्याएको छ । एमाले विजयी प्राप्तीका लागि एमालेका कार्यकर्ताहरु उत्साहित हुदै चुनावी प्रचारमा उर्लिएका छन । जनलहरको उत्साहले र सहभागिताले हामी लाई थप हौस्याएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले दाङले चुनावी मिति नजिकिए संगै चुनावी प्रचार र मतदाता भेटघाट कार्यक्रम थप पेचिलो भन्दै गईरहेको जनाएको छ । नेकपा माओवादी केन्द्रका सह–ईन्चार्ज निर्मल आचार्यले नेकपा माओवादी पनि चुनावी उत्साहले छोएको वताउदै भने ‘जनता देखी नेता सम्म लाई चुनावी चटारोले छोएको छ । ’ चारैतिर माओवादी केन्द्रको पनि प्रचार चलिरहेको उनले वताए ।

काँग्रेस दाङको छ संकल्प

नेपाली काँग्रेस दाङले दाङको समृद्धि र विकासका लागि छ संकल्प पुरा गर्न वाचा गर्दै शुक्रवार चुनावी घोषणा पत्र सार्वजानिक गरेको छ । ‘काँग्रेसको नेतृत्वमा शान्ती र संविधान ,काँग्रेसकै नेतृत्वमै समृद्धिको अभियान’ भन्ने मुन नारा लाई आत्सा साथ गर्दै नेपाली काँग्रेस दाङले दाङको आर्थिक समृद्धि , पुर्वाधार विस्तार , सुसासनको प्रत्याभुति , सामाजिक प्रगति वन , वातावरण संरक्षण र सामथ्र्यवान युवा’ लाई मुख्य ६ एजेण्डा लाई समृद्धिको आधार वनाई दाङको समृद्धिको आधारका ग्रहण गरेको छ । दाङ लाई प्रादेििशक राजधानी , स्मार्ट सिटी , वैकल्पीक उर्जा प्रर्वद्धन कार्यक्रम , पर्यापर्यटनको विकास , औद्योगिक क्षेत्रको विकास , विकासमा वाल सहभागिता , दाङमा अन्र्तराष्ट्रिय हवाई यातायात विकास लगाएतका अन्य महत्वाकाँक्षी योजनाहरु अघि सार्दै चुनावी घोषणा पत्र सार्वजानिक गरेको हो । प्रेस युनियन दाङका अध्यक्ष शुशिल वस्नेतको अध्यक्षता एंव नेपाली काँग्रेस दाङका सभापति किर्ति वहादुर खड्काको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । भने उक्त चुनावी घोषणा पत्र लाई निर्वाचन सफलता प्राप्त गरे ५ वर्ष भित्र पुरा गर्ने राष्ट्रिय योजनाका रुपमा रहेका योजनाहरु लाई प्रक्रिया सुचारु गरिने घोराही उप–महानगरपालिका प्रमुखका प्रत्यासी भुप वहादुर डाँगी र उप–प्रमुखकी प्रत्यासी पुष्पा श्रेष्ठले वाचा गरेका थिए । भने कार्यक्रमको सहजीकरण सचिव देवेन्द्र वस्नेतले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्