राजनिती

राष्ट्रिय जनमोर्चाबाट राजपुरको अध्यक्षमा रैदासको उम्मेदवारी दर्ता

By Saru Sunar

April 25, 2022

राजपुर गाउँपालिकाको अध्यक्षमा राम फकिरे रैदास र उपाध्यक्षमा देउकला श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ। रैदासले राष्ट्रिय जनमोर्चाको तर्फबाट राजपुर गाउँपालिकाको अध्यक्ष पदमा, श्रेष्ठले उपाध्यक्ष पदमा, वडा अध्यक्ष, सदस्य लगायत कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय राजपुरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । त्यस्तै वडा अध्यक्षहरूमा क्रमशः वडा नं १ मा वेमराज खनाल , वडा नं २ मा नमराज शर्मा, वडा नं ४ मा राजकुमार विश्वकर्मा, वडा नं ५ मा टेक बहादुर बुढा , वडा नं ६ मा लुद्र बहादुर बुढा र वडा नं ७ मा दिल बहादुर बुढाले उम्मेदवारी दर्ता गराएका   हुन ।