सिराहा लहान लहान नगरपालिका ३ मा वडा अध्यक्षको उम्मेदवार राजेश चौधरीले मनोनयनको अन्तिम दिन आज उम्मेदवारी दर्ता गराएका हुन्। उनको निकट पार्टी एमालेका बृहत् जनसहभागितामा उनेले उम्मेदवारी दिएका थिए। लहानमा एमाले र काङ्ग्रेसको कडा प्रतिस्पर्धा हुने आजको माहौलले सन्देश दिएका हुन्। राजनीति पृष्ठभूमि परिवारको जिम्मेवारी बोकेका राजेश चौधरी हाल कम्युनिस्ट राजनीतिमा निकै सक्रिय भूमिका निर्वाह गर्दै आएका हुन्। उनी पछिल्लो समय अध्यक्षका प्रत्याशी समेत रहेका थिए।जनताको भावना र अपेक्षा अनुसारको विकास निर्माणको काम गर्न र लहान ३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफूले लहान ३ को अध्यक्ष पदको लागी उम्मेदवारी दिने घोषणा गरेका हुन। गरिब दलित र असहाय समुदाय लाई उकान र गरिबिको रेखामुनिबाट माथि उकास्न समृद्ध समाज निर्माण गर्न आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन।विगत लामो समय देखि राजनीतिमा सक्रिय रहेका नेता चौधरीले लहान ३ का उम्मेदवारका लागि निकै चर्चामा रहेका छन्।पछिल्लो चुनावमा लहान ३ का लागी अध्यक्षको प्रत्याशी समेत रहनु भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।