बालविवाह विरुद्ध धर्मगुरु हरूको सामुहिक प्रतिबद्धता



 कृष्णनगर, वैशाख १२ कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका रहने धार्मिक गुरुहरूको बालविवाह विरुद्धको अभियानमा सामूहिक प्रतिबद्धता जनाएका छन् । युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को आयोजना कृष्णनगर नगरपालिकामा सञ्चालित बालविवाह निवारणमा धर्मगुरु हरूको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बालबालिका को उमेर समूह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो । सहभागीहरू बाट बालविवाह निवारणमा उनीहरूको भूमिका का बारेमा सुझाव सङ्कलन गरी बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहीँ कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बन्धित निकायमा जानकारी गराउने सामूहिक प्रतिबद्धता जनाएको हो । कार्यक्रममा कृष्णनगर नगरपालिका भित्रका मौलवी, मौला ना, ज्योतिष तथा पण्डित तथा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्याय तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खान ले सहजीकरण गर्नु भयो। कार्यक्रममा मौला ना मशहूद खां नेपाली, प्रेम कुमार शर्मा लगायत २० जनाको सहभागिता रहेको थियो l साथै कृष्णनगर नगरपालिका स्तरीय बालविवाह निवारण समिति समेत गठन गरिएको छ l वीरेन्द्र कुमार शुक्ल को संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ जन्मा जहर अहमद बरेली, अनुराधा गिरी, उमेश तिवारी, प्रदीप तिवारी, खशै जसै मक्की, अजय मिश्र लगायत रहेका थिए l कार्यक्रममा बोल्दै मौला ना मशहूद खां नेपालीले बाल विवाह गर्नले आमा र बच्चा दुवैको ज्यानको खतरा, साथै शिक्षा पूर्णता न पाउने, उमेर परिपक्व न हुने हुदार बालविवाह कहीँ कतैबाट नहुनु पर्ने कुरामा जोड दिए l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्