चुनाव सार्ने सरकारको निर्णयबारे जनकपुरबासीको मिश्रित प्रतिक्रिया ।।



असार ३
logo-w

चुनाव सर्ने खबर पाए लगत्तै सर्वसाधरणले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले चुनाव सार्ने सरकारको निर्णय ठिक नभएको पनि बताईरहेका छन् । संविधान संसोधन गरि मधेस समस्या समाधान गर्नुपर्ने र तत्काल चुनाव गर्नुपर्ने पक्षमा धेरै जसोको मत छ । जनकपुरका स्थानीय बुद्धिजीबी रामस्वार्थ साहले चुनाव सारेर सरकारले ठिक नगरेको बताउनुभयो । केहिले चुनाव सार्नुलाई सरकारको निरिहताको संज्ञा दिएका छन् । सरकार चुनाव गराउने मनस्थिति नदेखिएको कतिपयको आरोप छ । चुनावको अन्तिम तयारी चलिरहेका बेला सार्ने निर्णय हुनु दुर्भाग्यपूर्ण भएको स्थानीय समाजसेबी अनिल कर्णको भनाई छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउन नसक्नु र तोकिएकै मितिमा चुनाव गर्न नसक्नु सरकारको कमजोरी भएको विश्लेषण जनकपुर आसपासका क्षेत्रमा भईरहेको छ । पटक पटक चुनावको मिति सर्दा स्थानीय विकास निर्माण प्रभावित हुने र मधेस समस्या समाधानमा ढिलाई हुने धेरैको बुझाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्