रौतहट माधव नारायण न.पा.को उप प्रमुख पदका लागि सीमा यादवको उम्मेदवारी दर्ता



रौतहट नेकपा एकीकृत समाजवादी बाट उप मेयरको टिकट पाएकी यादवले यस नगरपालिकाको गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सबैको पहुँच, आधुनिक कृषि तथा युवा रोजगार तथा प्राविधिक शिक्षालयको निर्माण अति विपन्न दलितलाई निःशुल्क स्वास्थ्य बिमा मठ मन्दिर मस्जिद पोखरी अन्य सार्वजनिक स्थललाई सौन्दर्यीकरण शुद्ध पार्यवरको लागि वृक्षारोपण हराभरा नगर भौतिक पुर्व धारको कामकाज गुणस्तरीय हुने कृषि प्रनाली वैज्ञानिक तरिकाले गर्नको निमित्त कृषि सम्बन्धी तालिम प्राविधिक द्वारा गराइने तथा मल बीउ उचित समयमा सस्तो र सुलभ दरमा उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको प्रतिबद्धता जनाउँदै उम्मेदवारी दर्ता गराएकी हुन । पालिकाभित्रको भ्रष्टाचारी न्यूनीकरण, दलित, जनजाति, अल्पसङ्ख्यक समुदायका बालबालिकाहरू विद्यालय पहुँचबाट टाढा छ । उनीहरूलाई विद्यालयसम्म पुर्‍याउने, धार्मिक स्थलहरूको सौन्दर्यीकरण तथा कृषि उत्पादनमा जोर दिने हाम्रो लक्ष्य रहेको उपाध्यक्ष यादवले भनिन ‘आफूले गरेको प्रतिबद्धता पुरा गरेर देखाउने छु । म विजयी भएपछि जनताको भावना र चाहना अनुसार अगाडि बढ्ने छु । सबको साथ सबको विकास हाम्रो लक्ष्य छ । सबैको विकास होस् हाम्रो चाहना हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्