समाचार

गुनासो सुनवाइ संयन्त्रको प्रभावकारिता पुनरावलोकन गर्न कृष्णनगरका शिक्षकसंग अन्तरक्रिया

By Saru Sunar

April 28, 2022

कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ कृष्णनगर हेल्थ पोस्टको हलमा कृष्णनगर नगरपालिकाको आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा विद्यालय हरूमा गुनासो सुनवाइ संयन्त्रको प्रभावकारिता पुनरावलोकन गर्न कृष्णनगर नगरपालिका भित्रका शिक्षकहरू संग एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छl कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत बलराम पन्थी, अतिथिमा युनिसेफ नेपालका प्रतिनिधि माधव बराल रहनुभयो ।

कार्यक्रममा बाल संरक्षण, बाल संरक्षण प्रवर्द्धन, बाल सहभागिता लगायतको विषयमा युनिसेफ नेपालका माधव बरालले प्रकाश पारे साथै गुनासो सुनुवाइ के हो? गुनासो सुनुवाइको प्रक्रिया, सिफारिस तथा गोप्यता, गुनासो सुनुवाइको अभिलेख कसरी राख्ने, गुनासो सुनुवाइ सम्बन्धमा स्थानीय तहको भूमिका लगायत कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई बलराम पन्थीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।