पासाङ दोश्रोपटक पनि उपराष्ट्रपति बन्दै



काठमाडौं

उपराष्ट्रपतिमा नन्दबहादुर पुन पासाङ दोहोरिने भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पुनको समेत कार्यकाल दोहोरिने चर्चा चलेपनि माओवादीले औपचारिक निर्णय गरेको थिएन ।
बिहिबार अपरान्ह बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले उपराष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको टुंगो लगाएको हो ।

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीले प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचित सांसद शशीकला दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरिरहेको वर्तमान सरकारमा थपिने मन्त्रिहरुको अन्तिम नामावली माओवादीले टुंग्याएको छैन ।
माओवादीका तर्फबाट थपिने ४ मन्त्रिहरुमा वर्षमान पुन ‘अनन्त’, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, बिना मगर, अमनलाल मोदी, दुर्गा विक लगायतको चर्चा छ ।
प्रदेश १ र ४ बाट राज्यमन्त्री तथा अन्य प्रदेशबाट मन्त्रिहरु बन्ने संभावना रहेको माओवादीले जनाएको छ । सवै पक्षबाट समावेशी हुनेगरि अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिईएको जनाइएको छ ।

बिहिबार अपरान्ह बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले उपराष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको टुंगो लगाएको हो । राष्ट्रियसभा उपाध्यक्षमा माओवादीले प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचित सांसद शशीकला दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्