एमालेभित्र केपी ओलीले एकलौटी गरहेको भन्दै माधव पक्षको चरम असन्तुष्टी



प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्नेगरी अन्तिम तयारी गरिरहेकाे बेला उनकै पार्टीमा भाडभैलाे मच्चिएकाे छ ।

माओवादीले त आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाईसकेको छ ।

तर एमालेभित्र अझैपनि कसलाई मन्त्री बनाउने भन्नेबारे ठूलो विवाद छ ।

खासगरी बरिष्ठ नेता माधव कुमार नेपाल समूहले असन्तुष्टि राखेपछि विवादले उग्र रुप लिएको हो ।

ओलीले एकलौटी रुपमा मन्त्री चयन गरेको भन्दै माधव नेपाल समूहले असन्तुष्टि राखेको छ ।

यसअघि मन्त्री बन्ने चर्चामा रहेका योगेश भट्टराईको नाम थियो ।

तर, अहिले उनको नाम काटिएको स्रोतको दाबी छ ।

यता सरकारमा सहभागी हुने तयारी गरेको संघीय समाजवादी फोरम नेपालले पनि मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री ओलीलाई नाम बुझाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्