बालविवाह र लैङ्गिक हिंसा निवारणमा प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कृष्ण नगरमा सम्पन्न



कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिका वडा नं ३ मा रहेको कृष्ण नगर हेल्थ पोस्टको सभा हलमा युनिसेफ नेपालको सहयोग तथा कृष्ण नगर नगरपालिकाको आयोजनामा बालविवाह र लैङ्गिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुँच वृद्धिका उपायहरू सम्बन्धी क्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको कार्यक्रममा प्रहरीहरू लाई बाल अधिकार, बाल अधिकारका चार समूह, बाल अधिकार सम्बन्धी महासन्धिका सिद्धान्त हरू, बाल बालिकाको सर्वोत्तम हित, दीर्घ जीवन र विकास, बाल बालिकाको विचार र भावनाको कदर, समानताको हक, शोषण विरुद्धको हक, स्थानीय सरकार सञ्चालन ऐनमा बाल अधिकार, लैङ्गिक हिंसाको परिचय, कारण, निराकरणका उपाय लगायत सहभागी हरूले राखेका जिज्ञासा हरूलाई सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खान तथा युनिसेफ नेपालका प्रतिनिधि माधव बरालले सहजीकरण गरेका थिए l कार्यक्रममा बिस जना प्रहरीहरूको सहभागिता रहेको थियो l कार्यक्रम सञ्चालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्ण नगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय रहेकी थिइन् l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्