स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लवको आग्रह



काठमाडौँ, १८ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका हुन् ।

विप्लवले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् । स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति भएको भन्दै स्थानीय तहको चुनावमा उम्मेदवारहरूलाई चुनावमा मतदान गर्न अपिल गरेको छ ।आगामी वैशाख ३० गते हुने चुनावमा पुतली चिन्ह लिएर उम्मेदवार भएका साथै अन्य स्थानमा अन्य चिन्ह लट्ठी, धरहरा लिई उठेका जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्